विचारसम-सामायिक

यसरी गरौ लकडाउनको सदुपयोग

[mashshare]

सविता पोखरेल

कोरोना भाइरसले विश्व गतिविधि ठप्प छ । बजार ठप्प छ । यातायात र छापाखानाहरु ठप्प छन् । आयात तथा निर्यात ठप्प छ । केही अत्यावश्यक खाद्य पदार्थ, तरकारी तथा औषधी पसलहरु बाहेक अन्य क्षेत्रका समग्र विश्व गतिविधिहरु ठप्प छन् ।

तर घरमा हेर्नुस् ठूला मानिसहरु मोबाइल हेरेर एकै ठाउँमा बस्लान् तर स–साना बच्चाहरु संसारका सबैभन्दा व्यस्त प्राणीजसरी चलिरहेछन्, खेलीरहेछन् । यतिबेला उनीहरु दंग छन्, मख्ख छन्, गद्गद् छन् ।

बा, आमा, दिदी, दाई जो थिए घरका मानिसहरु कोही कँही गएका छैनन् । घरमा भएका बच्चाहरुमध्ये अलिक ठूला भएका बच्चाहरु कार्टुन हेर्दा हुन् टिभी वा मोबाइलमा, अझ अलिक ठूला बच्चाहरु भिडीयो गेम त्यसपछिका उमेरका बच्चाहरु उमेरअनुसारका कुरा हेर्दै होलान् ।

यो समय आफ्नो स्वास्थ्यलाई ध्यान दिदै विकराल समस्या ल्याउन सक्ने कोभिड १९ नामक भाइरसबाट बच्न हामी कतै गईरहेका छैनौं । यही समयमा तपाई हामी बच्चाहरुको हामीप्रतिको सामीप्यताप्रति पनि चनाखो हुनुपर्छ ।

बच्चाको आनीबानी कसरी सुधार्ने ? उनीहरुसँग खेल्ने र नयाँ कुरा सिकाउने यो अवसर हुन सक्छ । तपाईको बच्चा बिहान उठ्नासाथ टिभी नहेरोस् । आफूले गरेको गल्ति सुधार्न सिकोस् । बच्चाहरुलाई ‘फोहोर गर्न हँुदैन, यसले स्वास्थ्यमा हानी गर्छ र जीवनमा स्वास्थ्यभन्दा ठूलो धन अर्को केही छैन’ भन्ने बोध गराउन सक्नु अभिभावकको लागि एउटा ठूलो सफलता हो ।

खाँदा, खेल्दा वा बच्चाको क्रियाकलापहरुद्वारा उत्पन्न भएका फोहोरहरु ऊ स्वयंलाई सफा गर्ने अवसर दिनुहोस् । जत्ति अटेरी बच्चा भएपनि उसको भावनालाई कदर गर्दै मायाले अह्राउँनु भयो भने उसले भनेको कुरा मान्छ ।

मायाको अगाडि कठोर हृदय पनि पग्लन्छ भने बच्चाहरु हुन् उनीहरु सम्झायो भने सम्झन्छन् । अर्को पटक बिर्से भने फेरी मायाले नै मनाउन सकीन्छ । आफ्नो आनीबानी कस्तो छ बच्चाहरुमा त्यसको पनि प्रत्यक्ष अप्रत्यक्ष प्रभाव परीरहेको हुन्छ । आनीबानी मात्र हैन हामी के सोच्छौं यो सोच र विचारको असर पनि उनीहरुमा परीसकेको हुन्छ अनेक व्यक्तिहरुसँग हामीले गर्ने हाम्रा अभिव्यक्तिहरु मार्फत ।

अहिले हामीले जस्तो सोचको विकास गरिरहेका छौं । उनीहरुको सोचको आधार पनि त्यही हुन्छ । सोच नै व्यवहारको जननी हो । मानिस त्यही गर्छ जे सोच्छ त्यसैले अभिभावक भएपछि बडो सावधानी अपनाउनु पर्छ ।

अभिभावकको आनी बानी वा जीवनशैली उसको जीवनको पहिलो विशाल पुस्तकालय हुन्छ । बच्चा जसरी पनि ठूलो हुन्छ, चाहे परिवारमा अभिभावकले उसको व्यक्तित्व विकासमा समय खर्च गरुन् वा नगरुन् ।

पछि उसको दिसापिसाब फालेर सफा गरीदिने, नुवाइदिने, खुवाइदिने, निन्द्रा लाग्दा सुताइदिने, ताते गर्दै हिडाइदिने जस्ता अवोध बच्चालाई आवश्यक स्याहार सुसार त गर्नु नपर्ला तर उसका आकाक्षा र इच्छाहरु समयसँगै बढ्दै जादाँ समस्याहरु पनि झन् जटिल बन्दै जान्छन्, जसको समाधान उनीहरुको बाल्यावस्थाको स्याहार सुसारभन्दा जटिल वा गाह्रो भइदिन्छ ।

तसर्थ, अभिभावकको लागि ती अनेकन उमेर र समयानुसार बच्चामा देखिने बढ्ता समस्याहरु सहि तरिकाले सम्बोधन गर्दै समाधानको लागि उपयुक्त मार्गहरु निर्देशन गर्न सक्ने क्षमता राख्नुपर्छ । बच्चाहरु विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र ज्ञानी र विवेकी बन्न सक्दैनन् । किनभने अहिलेसम्म विद्यालयहरु व्यवहारिक शिक्षातर्फ उन्मुख छैनन् । तसर्थ विद्यालयमा भर्ना गरिदिएपछि बच्चाले ज्ञान अथाह संग्रह गर्छ, घर÷अफिसको काममा बाधा पनि गर्दैन भनेर ढुक्क हुने समय छैन ।

बच्चाको बानी व्यवहार राम्रो र नराम्रो कस्तो हुन्छ भन्ने कुरा उसलाई जन्म दिने वा हुर्काउने आमामा धेरै भर पर्ने गर्छ । उसले आँखाले दृश्यहरु चिन्न र हेर्न थालेदेखी नै आमालाई देखेको हुन्छ । आमाको हेराई, गराई र भोगाईसँगै ऊ हुर्किरहेको हुन्छ ।

बच्चा पनि आमाको अथाह स्नेहमा डुब्दै बोल्न, खेल्न, हाँस्न र हिड्न थाल्छ । त्यसैले हेनरी वार्ड विचरले आमाको हृदयलाई नै बच्चाको सर्वोत्कृष्ट पाठशाला भनेका छन् । त्यसैगरी– नेपोलियन बोनापार्टले भनेका छन् – ‘तिमी मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिन्छु ।’

आफूभित्र नियालौं आफ्ना बालबालिकाको समग्र विकासको लागि समय दिऔं । फाटेको दुध रसवरी बनाएर सदुपयोग गर्न सकिएजस्तै आशा गरौं यो दुःखको घडी पनि सदुपयोग गर्न सकियोस् ।

यसले असल आमा र असर राष्ट्र एक अर्कामा अन्तरसम्बन्धित छन् भने जस्तै असल बच्चा र असल अभिभावक पनि एक अर्कामा अन्तरसम्बन्धित वा अन्तरनिहित रहन्छन् । त्यसैले कुनै पनि छोरी वा महिलालाई उचित शिक्षा दिक्षा दिनुपर्छ भनिएको हो । किनभने भोली उनीसँग मात्र आमा हुने सामथ्र्य छ ।

आमा मात्र नभएर घरका अन्य सदस्यहरुको हेराई गराईबाट पनि बच्चाहरुले प्रत्यक्ष, अप्रत्यक्ष शिक्षा लिइरहेका हुन्छन् । खासमा नैतिक शिक्षा बालबच्चाहरुलाई परिवारले नै सिकाउन सक्छन् तसर्थ आफू पनि असल बन्ने प्रयास गरौं अनि आफ्ना बच्चाहरुलाई पनि असल आनीबानी सिकाऔं । आफू सही बाटोमा हिडौं वा राम्रो काम गरौं ताकी आफूसँग र वरपर भएका बालबालिकाहरुलाई सहि बाटोमा हिडाउन केही भन्नै नपरोस् । उनीहरु आफै प्रेरित होउन् । उनीहरुले भनेर भन्दा धेरै गुणा देखेर सिक्छन् ।

तपाई जस्तो मानिस बनाउन चाहनुहुन्छ प्रथमतः आफै सोचनुसारको मानिस बन्न सक्नुपर्छ । असल मानिस बन्नु गाह्रो छ तर असम्भव भने छैन । यसरी अदृश्य जिवाणुको फैलावट र विस्तार भईरहँदा हामी हाम्रा बच्चाहरुको लागि स्वयंलाई परिवर्तन गर्न पनि सक्छौं । यस घडीमा घर बस्दा बस्दा हामी वाक्कदिक्क भएका हुन सक्छौं । हामी घरबाट कार्यस्थल वा कार्यस्थलबाट घर जान असमर्थ भइरहेका छौं । दैनिकी बदलिएको छ । एउटै स्थानमा बस्दा हैरान भएका छौं ।

तर यो सबै हाम्रो सोचको परिणती त हैन ? यस समयलाई हामीमध्ये कतिपयले अवसरका रुपमा पनि लिएका छौं । भिजिट नेपाल ट्वान्टी ट्वान्टीमा विश्वभ्रमण गर्दै गरेको जिवाणुलाई प्रवेश निषेधको लागि अवलम्वित लकडाउनको पालना सबैले गरौं । राम्रो सोचौं र जो जहाँ छौं त्यहि बसेर गर्न सक्ने जे जे कामहरु छन् गरौं । आफूलाई माया गरौं ।

आफूभित्र नियालौं आफ्ना बालबालिकाको समग्र विकासको लागि समय दिऔं । फाटेको दुध रसवरी बनाएर सदुपयोग गर्न सकिएजस्तै आशा गरौं यो दुःखको घडी पनि सदुपयोग गर्न सकियोस् ।

धैर्य गरौं । यदि यस समयमा तपाईलाई नराम्रो लागिरहेको छ भने एकपटक आफैंलाई प्रश्न गर्नुस्, कतै यो समयलाई पनि सदुपयोग गर्न सक्छु कि ? पिडा वा मार्कालाई शक्तिमा बदल्न सिकौं । आत्म– विश्वास र आत्मबल बढाउने काम गरौं । अन्तमा, यो महामारी अन्त्यको कामना गरौं । कोभिड १९ नामक भाइरसलाई परास्त गर्न सकौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close