Bannerआर्थिक/बिकासराष्ट्रिय

बजेट स्वागत योग्य छ, कार्यान्वयन हेर्न बाँकी : नेउवा महासंघ उपाध्यक्ष शर्मा

प्यूठान । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बजेट मार्फत घोषणा गरेको भन्दै नेपाल उद्योग वाणिज्य (नेउवा) महासंघका जिल्ला नगर उपाध्यक्ष कृष्ण प्रसाद शर्माले बजेटको स्वागत गर्नुभयो । प्यूठान उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारण सभालाई प्यूठानको जुम्रीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

निजि क्षेत्र नभइ सरकार चल्दैन, अर्थतन्त्र पनि नचल्ने भएकाले उनले सरकारले बजेट मार्फत निजि क्षेत्रलाई सम्बोधन गरेको र कार्यान्वयन पक्ष हेर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सरकारले उद्योग व्यवसाय प्रवर्द्धन गर्ने खालको नीति अख्तियार गर्नुपर्ने बताउनुभयो । बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वय कसरी अघि बढ्छ भन्ने हेर्न बाँकी रहेको उहाँको भनाई छ ।

दुई तिहाई बुहमत सहितको अहिलेको सरकारलाई काम गर्न कुनै समस्या नभएकोले नीजी क्षेत्रको आसा र विश्वास बढेको उहाँले बताउनुभयो । राष्ट्रिय योजना आयोगले दिएको १८ अर्ब ९० खर्बको सिलिंग भन्दा बाहिर गएर महत्वाकांक्षी बजेट सरकारले प्रस्तुत गरेको भन्दै अध्यक्ष श्रेष्ठले १४ अर्ब राजस्व आम्दानी गर्न नीजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा जोड दिनुभयो ।

बजेट भाषणमा आयकरको सिमा बढेको, फूल अडिकका लागि कागजात ३ वर्षसम्म राख्नुपर्ने समयावधि, भन्सारको दर, अन्तशुल्क बजेटका सकारात्मक पक्ष रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

कार्यक्रममा विशेष अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्मा, धनलक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख धरम जिसी, सिद्वार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्य, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम भण्डारी, संघका सल्लाहकार नेगनसिंह कुवर, पुर्व अध्यक्ष ज्ञामुराम न्यौपाने लगायत अतिथिले शुभकामना मन्तब्य राख्नुभयो ।

साधारण सभामा महासचिव झबेन्द्र शर्माले प्रगती प्रतिबेदन र कोषाध्यक्ष कुमार श्रेष्ठले आर्थिक प्रतिबेदन पेश गरेका थिए । साधारण सभाको अवसरमा नबिनम र आधुनिक ब्यबसाय तथा घरेलु लघु उद्यम संचालन गर्ने ब्यबसायी र उद्योगीहरुलाई सम्मान गरिएको थियो ।

५९ जना आजिवन, ७ बटा बस्तुगत, ७ वटा एशोसियट र ४ हजार ६ सय साधारण सदस्य आबद्ध रहेको संघमा साधारण सभाको अवसरमा १० जना आजिवन सदस्य थपिएको संघका अध्यक्ष सन्देश आचार्यले बताए ।

Related Articles

Back to top button