राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठानको नेतृत्वका लागि दुई प्यानल वीच प्रतिष्पर्धा हुँदै

प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको प्रथम जिल्ला अधिवेशनबाट नेतृत्व छनौटका लागि निर्वाचन हुने भएको छ । दुई समुह प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

अहिलेका जिल्ला सभापति विकास पोख्रेल र माण्डवी गाउँपालिकाका निवर्तमान अध्यक्ष बमबहादुर सुनारको नेतृत्वमा दुई समुहले मनोनयन दर्ता गराएका छन् । पोख्रेल पार्टी सभापति रवी लामिछाने र सुनार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह समुहको प्रतिनिधिका रुपमा प्यानल तयार गरेको प्रतिनिधिहरु वीच चर्चा चलेको छ ।

जु्म्रि स्थित होटल आयुष्मामा जारी अधिवेशनमा पोख्रेलको प्यानलबाट उपाध्यक्षमा केशव बहादुर महतरा, सचिवमा यज्ञविर पाण्डे, सहसचिवमा डा.ओमहरि भट्टराई र सदस्यहरुमा विशाल पौडेल, संकर भण्डारी, शिसिर रिजाल, रेगमबहादुर पुरी रहेका छन् ।

सुनारको प्यानलबाट उपाध्यक्ष दलबहादुर केसी, सचिव वलबहादुर महतरा, सहसचिव मदन कुमार पोख्रेल र सदस्यहरुमा मदन भण्डारी, खुमबहादुर खत्री र मिनराज सुवेदी रहेका छन् ।

सदस्यहरुमा खिमे सुनार, विमला रावल क्षेत्री, सिता थापा र विपना सुनार निर्विरोध चयन भएका छ्न ।

Related Articles

Back to top button