समाज

प्यूठानको लुङमा संकास्पद बस्तु फेला

प्यूठान । नौबहिनी गाउँपालिका-६ लुङ संकास्पद बस्तु भेटिएको छ । स्थानीय नरेन्द्र के.सी.को गोठ पछाडी ४ वटा संकास्पद बस्तु भेटिएको हो ।

एक्कासी पड्किएको आवाज आए पश्चात हेर्न जाँदा शंकास्पद जस्तो देखिने बाँसको घारामा तार जोडिएका ४ वटा बस्तु देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नरेन्द्रले बताए ।

स्थानीय युवराज केसीले प्रहरीमा खबर गरेपछि इलाका प्रहरी कार्यालय लुङ बाहानेबाट प्रहरी निरीक्षक दिपेश चौधरीको कमान्डमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिनुभयो ।

संकास्पद बस्तु बिष्फोटक पदार्थ हुन सक्ने आशंकामा बर्द बहादुर गणबाट सेनानी अमृत बाबू बस्नेतको नेतृत्वमा नेपाली सेना समेत घटना स्थल जाँदै गरेको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।

Related Articles

Back to top button