प्यूठान । सडक सुरक्षालाई मध्यनजर गर्दै प्यूठानमा ट्राफिक प्रहरीले सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट बिजुवारको अगुवाईमा बाग्दुला, बिजुवार, जुम्री लगायत क्षेत्रमा सचेतनामुकल कार्यक्रम गरिएको हो ।
बिभिन्न स्थानहरुमा सडक दुर्घटना न्यूनीकरणको लागि मोडहरुमा कन्भेन्स मिरर, जेब्रा क्रसिङ, ट्राफिक सचेतनामुलक र बस बिसौनी बोर्डहरु राखिएको सहायक हवल्दार लछुमन गिरीले जानकारी दिनुभयो । जिल्ला ट्राफिक कार्यालयको अनुरोधमा सडक डिभिजन कार्यालय र प्यूठान नगरपालिका सहयोगमा सचेतनामुलक कार्यहरु गरिएको उहाँले बताउनुभयो ।
सडक दुर्घटना न्यूनीकरणका लागि यात्रु र सवारी चालकहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिइएको छ ।






