> विचार > अब घरैबाट सुरक्षित कारोबार गरौँ भनेर मात्रै पुग्ला त ?


अब घरैबाट सुरक्षित कारोबार गरौँ भनेर मात्रै पुग्ला त ?

  • अनन्त मान श्रेष्ठ

StayHome, BankFromHome, MobileBanking, StaySafe, PayDigital, Staysafe  त भन्यौ, तर अत्यावश्यक सामान खरिद गर्न बाहिर जानै प¥यो, तरकारी तथा आवश्यक खाद्यान्न एवं किराना सामान पसल, तरकारी बजार एवं मण्डीबाट खरिद गर्नै प¥यो । खरिद पछि भुक्तानी गर्न प¥यो, भुक्तानीको लागी मोबाईल निकालेर त्तच् कोड पेमेन्ट, यहाँ डिजिटल पेमेन्ट हुन्छ कि हुन्न नगदमा सकेसम्म कारोबार नगरौ भनेको त हामीसंग त यस्तो सिस्टम छैन भन्छन् त । हुन पनि ठिकै हो हामीले अहिले सजिलैसँग पे डिजिटल भन्यौ तर डिजिटल पे को लागी कति पहल गर्याै ।

डिजिटल पेमेन्टको धेरै माध्यम हामीसँग छन् । त्यस माध्यमको अब प्रयोगमा बृद्धि गर्नु पर्नेछ । कोरोना भाईरस एकबाट अर्काेमा सर्ने माध्यम भनेको नोटको कारोबार पनि हो तर यस तर्फ बैंक बित्तिय संस्थाले पे डिजिटल भनेर कार्यालय बन्द गरेर बसेका छन् भने डिजिटल पेमेन्टमा बढावा दिने सम्बन्धमा संघ, प्रदेश सरकार र स्थानीय सरकार बेखबर जस्तै नै छन् ।

अनन्त मान श्रेष्ठ

अहिले नेपालको तीनै तहको सरकार राहतसँगै कोरोना रोकथाममा लागेका छन् तर सबै खाले कारोबारलाई डिजिटल गराउँ भन्ने तिर अझै ध्यान दिन सकेका छैनन् यो पनि राहतको महत्वपुर्ण साधन हो भन्ने बुझ्नु प¥यो ।

बैंक बित्तिय संस्थाले पनि सामाजिक उत्तरदायित्व अन्तरगतको शिर्षकबाट खर्च देखिने गरी मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, कनेक्ट आई.पि.एस. सेवामा बृद्धि गर्न सक्दछ । राहत बाड्नको लागी राहत घोषणासँगै यस तर्फ पनि सोचौं र नियामक निकाय नेपाल राष्ट्र बैंकको पनि ध्यान जानु प¥यो ।

मानिसको बढी फ्लो हुने क्षेत्रहरु हाल अत्यावश्यक क्षेत्रको रुपमा तरकारी पसल, साना किराना पसल, मासु पसलहरुलाई सबै भन्दा पहिला नगद (नोट) मुक्त गर्न अभियान पनि यही बेला चलाउनु पर्ने हो । यो अभियानको पहिलो पक्ष सुरक्षित कारोबारको लागी डिजिटल कारोबार गरौ भनेर बसेको छ । अन्य सरोकारवालालाई यसबारेमा चासो नै छैन अनि कहाँबाट डिजिटल पेमेन्ट होस् । सबै भन्दा पहिला डिजिटलाईज यस्ता क्षेत्रलाई गरौ जहाँ नगदको कारोबार धेरै हुन्छ यसमा स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारको पनि ध्यान जाओस ।

दैनिक जिवनलाई सहज गर्न पनि यो जरुरी छ नत्र बैंक बित्तिय संस्था बन्द रहनेछन् । खुले पनि सिमित समयको लागी खुल्ने । खुले पनि नोटको कारोबार नै बढ्ने हो भने कोरोनाको फैलावट सिवाय अरु हुदैन है । सबै सुरक्षित हुने डिजिटलाईज मात्र भनेर हुदैन डिजिटल कारोबारमा पहुँच बृद्धि गर्न सबैले आफ्नो आफ्नो ठाउँबाट पनि भुमिका खेलौ ।

सुनिए अनुसार बिभिन्न स्थानीय निकायले बैंक बित्तीय संस्था नखुलाउनको लागी सूचना निकालेको पाईएको छ । सम्बन्धितले सूचना निकाल्नु पुर्ब बैकल्पिक उपाय के हुन सक्छ भनेर सरोकारवालासँग परामर्श गरेको भए सबै भन्दा उत्तम बिकल्प निस्कन्थ्यो । ग्राहकले नगदको कारोबारको साटो डिजिटल कारोबारमा अभ्यस्त हुनेथिए र आर्थिक असन्तुलन पनि हुदैन थियो । यस तर्फ कहिले सोच्ने हो सरकार ?

(लेखक मुक्तिनाथ विकास बैंकको साना तथा लघु बैंकिङ लेखा, सन्चालन तथा रिपोर्टिङ इकाई प्रमुख हुनुहुनछ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!