-
Banner
प्यूठान कारागारमा कैदी मृत फेला
प्यूठान । जिल्ला कारागार प्यूठानमा कैद भुक्तान गरिरहेका एक कैदी कारागारभित्रै झुण्डिएको अवस्थामा फेला परेका छन् । गौमुखी गाउँपालिका–३ घर भएका २७ वर्षीय ओमबहादुर घर्ती आइतबार दिउँसो २:३५ बजे कारागार कार्यालयको बाथरुमभित्र कपडा झुण्ड्याउने हुकमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । हाडनाता जबर्जस्ती करणी मुद्दामा १६ वर्ष कैद सजाय पाएका घर्तीले ६ वर्ष कैद भुक्तान गरिसकेको करागार श्रोतले जनाएको छ । घटनाबारे जानकारी पाएपछि कारागार कार्यालयबाट प्रहरी सहायक…
Read More » -
Banner
किन एउटै मञ्चमा जुट्दैछन् मुख्यमन्त्रीसहित प्यूठानका नौवटै पालिका प्रमुख ?
प्यूठान । खेल पर्यटन विकास, स्थानीय पूर्वाधारको विस्तार र जिल्लाको सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्य सहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित प्यूठानका नौवटै स्थानीय तहका प्रमुख एउटै मञ्चमा जुट्ने भएका छन् । झिमरुक गाउँपालिका–८ स्थित दिहाल्ना (प्रस्तावित लालीगुराँस राष्ट्रिय क्रिकेट रंगशाला)मा कात्तिक ७ गतेदेखि सञ्चालन हुने लालीगुराँस कप टी–२० क्रिकेट प्रतियोगिता २०८३ ले जिल्लाका जनप्रतिनिधि, खेलप्रेमी र विकासका सरोकारवालालाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ । दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमको आयोजनामा कात्तिक ७ देखि…
Read More » -
राष्ट्रिय
प्यूठान जिल्ला निमित्त प्रमुख जिल्ला अधिकारीको भरमा
प्यूठान । प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंको सरुवा भएपछि प्यूठान जिल्ला निमित्त प्रमुख जिल्ला अधिकारीको भरमा चलेको छ । गृह मन्त्रालयले असोज १४ गतेदेखि लागू हुने गरी प्रसाईंलाई सिराहा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेपछि प्यूठान प्रमुख जिल्ला अधिकारीविहीन भएको हो । प्रमुख जिल्ला अधिकारीको सरुवा भए पनि गृह मन्त्रालयले प्यूठानमा तत्काल अर्को प्रमुख जिल्ला अधिकारीको व्यवस्था नगर्दा प्रशासन कार्यालयको नेतृत्व निमित्त प्रमुख जिल्ला अधिकारीले सम्हाल्दै आएका छन् । हाल प्रशासकीय अधिकृत महेश केसीले…
Read More »


























