> Banner > यो सृष्टि देखाउने मेरि आमा !


यो सृष्टि देखाउने मेरि आमा !

आमा
यो सृष्टि देखाउने मेरि आमा !

मलाइ यस धर्तिमा पाइला टेकाई नाना ताते सिकाउने मेरि आमा !

मलाइ माया, स्नेह, अनुशासन, हिम्मत अनि सद्भाव सिकाउने मेरि आमा !

 

खै म कहाँबाट शुरु गरु, मेरि आमा आज तपाईंको मुख हेर्ने दिन रहेछ, केहि शब्दहरु नै मनबाट फुट्न सकेको छैन । आजसम्म आमाको मुख हेर्ने दिनमा सामाजिक सञ्जालहरुमा मेरि आमालाई मुख हेर्ने दिन भनेर शुभकामना पनि नदिएको अभागि कान्छो छोरो म । तर आज आमा अनि बाबाको साह्रै याद आएको छ ।

 

सायद म दुःखमा अनि बिरामी भै बेडमा थलियर होला यति धेरै सम्झना आएको । मान्छेको स्वभाव स्वार्थी हुन्छ भन्छन । आफु अफ्ठेरोमा पर्दा मात्र सम्झने सुःखको बेला आफनै संसारमा रमाउने प्रबित्ति सायद म मा पनि त्यो स्वभाव छ । हो, तपाई भौतिक रुपमा हाम्रो सामु शरिर नभए पनि त्यो बिहानीपख उदाएको सुर्यको किरण जस्तै चम्किलो तपाईको मुहारलाइ मन-मस्तिष्कमा ग्रहण गर्दै तपाईंले निःशुल्क रुपमा दिनु भएको मेरो यो स्वर्गको टुक्रा भन्दानि प्यारो जिन्दगीलाई असल बाटोमा हिड्न, सामाजिक कार्य गर्न, अन्यायको बिरुद्धमा बोल्न, युवाहरुको मुक्तिका लागि लड्न, बर्गिय बिभेदको अन्त्य गर्न, जातिय बिभेदको निसानि मेटाउन लगायत समाजमा भएका अनेकन कुरितिका बिरुद्ध आवाज बुलन्द बनाउनु अहिलेको अनिवार्य आवश्यकता हो ।

 

अनि त्यसलाई पुरा गर्न लाग्नु मेरो जिम्मेवारी र कर्तब्य हो । त्यस कार्य पुरा गर्नुका लागि मेरो मनोबल उच्च बनाउनु आवश्यक छ । यो बिरामी भएको कमजोर मनोबललाई शक्तिमा बदल्न सक्ने उर्जा हो, ‘आमा’ भन्ने शब्द । र तिमिसँग बिताएको पल याद गर्दा स‌न्सार जित्ने आँट जोँस आउँछ आमा म मा | त्यसकारण यीनै सार्बजानिक हितको स्वार्थ पुर्ति गर्नका लागि आज अत्यन्तै भाबुक भएर बिरामीको बेडबाट मेरो अबिभाबक आमा-बाबालाई सम्झिएर स्वार्थि बन्दैछु । उर्जावान बन्दैछु ।

 

मैले तपाईहरु बिनाको हाम्रो घर सुनसान मानेको छु । साच्चै म जन्मिएको वर्ष असार साउन ताका बाबाले तीन पटक भत्कँदा पनि हिम्मत नहारी बनाएको त्यो सानो घर हामी छ् जना छोराछोरी बाबा -आमा अनि बाजे-बज्यै गरि १० जना परिवार बस्दा कति रमाइलो हुन्थ्यो है । एकै पटक खाना खाने बेला थाल बटुका पुग्दैनथ्यो । खादा खादै दाल तरकारि सकिन्थ्यो । अनि मलाई आज झै लाग्छ त्यो दिन हाम्रो बुडो गौथले गोरु र जति खुवाए पनि नमोटाउने दुब्ले गोठे गोरु लिएर गोठाली गएको । मजुवा बन, हडा बन, बिसरे माथि बन, अनि पार्थुवा फाँट अनि, दिन भरि गोरु चराउदा साथिहरुसँग गुच्चा, खोपि अनि भुरुन्ङ नचाउने खेल खेलि साँझ पख गोरु ल्याइ घर फर्कँदा तिमिले छोरा भोकायो कि भनेर बनाएको मकैको रोटि र खलिको अचार खाएको त्यो पल अझै पनि झलझली यो मेरो मानसपटलमा आइरहन्छ मेरि आमा । त्यसका बाबजुद पनि हामी हाँसि खुसि रमाउदै दुःखसुःख झेल्दै अगाडि बढ्न र जिन्दगीमा हरेक समस्यासँग लड्न जुध्न अनि जित्न सिकाएर अल्पआयुमै हामीलाई छाडेर गयौ, आमा । तिमि सामान्य आमा हुँदै होइनौ ३० वर्षको छोरोलार्इ जनताले पत्याएर सम्मानित पदमा बिजयको माला र अबिर लगाउने छोरो जन्माएर सोहि अनुसार बाताबरण तयार पारि छोरालार्इ मैदानमा भिडाउन सक्ने महान आमा हौ |

 

जिन्दगी न हो जस्तो सुकै दुःख-कष्ट आदि व्यहोरेर आएपनि चित्त त बुझाएर अगाडि बढ्नु पर्दो रहेछ । संसारको रिति नै यस्तै रहेछ सँगसँगै जानु नसकिँदो रहेछ, आमा ।

 

कति खुसि साथ हामीले तपाईहरुसँग अमुल्य समय बितायौ । सम्झदा नि, आनन्द लाग्छ यस्तो लाग्छ किनेर पाउने भए त्यो क्षण मेरो सबै सबै थोक सुम्पेर तपाईसगँ बस्ने ईच्या प्रकट गर्दथे, आमा । तर अहिले मैले बनाएको घर त भब्य नै छ तर मेरो मन कहिले प्रसन्न भएको छैन । छोराले गरेको प्रगति बाबाआमालाई देखाउन नपाउनु र छोराको अधिकतम खुसीमा आमाबाबा साथमा नहुनु भनेको छोरोको लागि दुर्भाग्य हुँदो रहेछ । त्यसकारण मेरो जे जति प्रगति भएपनि त्यो अधुरो हुने मैले भित्रि अन्तर आत्माबाट महसुस गरि रहेको छु, आमा ।

 

र त सम्झन्छु ति पुराना तिमि सँगसगै बिताएका स्वर्णिम पल अनि बाबाले बनाएको घरमा कत्ति खुसि हुन्थेउ हामी । खाटमा सुत्न नपाएर रिसाउदै भुईमा कम्मल ओछ्याएर सुतेको । त्यति बेला रिस उठेको अहिले सम्झदा आनन्द आउने पल । अहिले त आमा ती खाटहरु नै एक्लै सुत्छन अनि ती खाटहरुले सोध्छन, मलाई कहा गए यो घरका त्यत्रा मान्छे । पहिले मसँग सुत्नलाई झगडा गर्थेउ । अहिले त यो घर सुनसान हुन्छ भनेर ? अनि मैले अक्मकिँदै उत्तर दिन्छु, बाबा-आमा, बाजे-बज्यै दिन नपुग्दै हामीलाई छाडेर स्वर्गमा जानु भो । चेलिबेटिहरु कर्म घरमा आफ्ना-आफ्ना भाग्य रेखा कोरिरहेका छन । दाजुहरु आफ्नो अनि छोराछोरीको भबिस्य उज्वल बनाउनका लागि शहर पस्या छन । मेलोमेसोमा आउँछन । चिन्ता नगर म छु नी घरको कान्छो छोरो । अनि बा-आमा, दिदी बहिनीले छानेर ल्याइदिएको मेरो जिबन सङ्गिनि कान्छि अनि हाम्रा छोराछोरी घर भरिभराउ बनाउन र गाँउघर उज्यालो बनाउन, भनेर भनेको छु, आमा ।

 

आज आमाको मुख हेर्ने पबित्र दिन मलाई बिश्वास छ, तपाई र बाबाको भेट अबश्य स्वर्गमा हुनु भयो होला । अनि सुखि हुनुहुन्छ होला भन्ने आसा अनि कामना गर्दछु । यस अबसरमा अन्तरात्मा देखि हजुरको पाउमा मेरो शिर चरण गर्दै यो बाचा गर्छु की तिम्रो आँखा भरिका कलेसहरु छोराछोरी नाति-नातिनिको बारेमा कत्ति पनि चिन्ता नलिनु होला । उनीहरुलाई दुख-सुखमा साथ दिने सम्मानित हैसियत मैले पनि बनाईसकेको छु । सहयोग गर्दै आको छु । भोलि पनि गर्नेछु । तिमिले छाडेर गएपनि चेलिबेटि, इस्टमित्रलाई कहिले पनि सानो मन बनाउन र तिमि नभएको महसुस हुन दिनेछैन ।

 

अनि तिमिले यस धर्ति छाडेर गए पनि तिम्रो नाम यस धर्तिमा कहिले नमेट्ने गरि गाँउ समाजमा सामाजिक काम गरि तिम्रो नाम अमर राख्ने प्रण गर्दै आमाको मुख हेर्ने दिनको मेरि आमालाई शुभकामना दिन चाहान्छु ।

 

उहि तपाइको कान्छो छोरो

श्रीधर रोका (काले)

माण्डबी गाँउपालिका ५, रम्दि तिग्राठाँटि

(हाल ः अध्यक्ष, माण्डवी गाउँपालिका, प्यूठान)

Leave a Reply

Your email address will not be published. Required fields are marked *