स्थानीय सरकार

नौबहिनी गाउँपालिकामा प्रि-बजेट छलफल

प्यूठान । आर्थिक बर्ष २०८३/०८४ काे नीति कार्यक्रम तथा बजेटकाे तयारीमा रहेकाे नौबहिनी गाउँपालिकाले सराेकारवमला बीच प्रि-बजेट छलफल कार्यक्रम गरेको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले सभ्य, सम्बृद्ध र खुसि नौबहिनीकाे अभियानले सार्थकता मिल्ने बजेट ल्याउने बताउनुभयो । सबै क्षेत्रका मागका आधारमा केन्द्रित रहेर बजेट तथा कार्यक्रम तयार गर्ने भन्दै उहाँले हरेक कार्यक्रमकाे सबैले अपनत्व लिने गरी अघि बढ्ने उल्लेख गर्नुभयो । विकासका लागि थुप्रै चुनौती रहेकाे बताउदै अध्यक्ष थापाले युवाहरुमा ब्याप्त रहेकाे बेरोजगारी समस्या मुख्य चुनौती रहेकाे बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिष्णा थापाले सिमित श्राेत साधनका बीचमा पनि धेरै समस्याकाे समाधानका लागि गाउँपालिका दत्तिचत्तका साथ अगाडि बढेकाे बताउदै आन्तरिक श्राेतलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।

गाउँपालिकाका सबै राजनीति दलका प्रमुख तथा प्रतिनिधिले पालिकाको बिकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन बिकासमा जाेड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले स्थानीय तहकाे बिकासका लागि दलगत स्वार्थभन्दा माथि रहेर समग्र बिकासका लागि एकजुट हुनुपर्ने भन्दै सञ्चारमैत्री नीति निर्माण गरी नागरिककाे सूचनाको हककाे सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खड्क बिकले स्थानीय तहकाे बिकासका लागि प्रि-बजेट छलफल कार्यक्रम नयाँ अभ्यास गरेकाे बताउनुभयो ।

सबै सराेकारवाला सहभागी रहेकाे कार्यक्रमकाे सहजिकरण प्रशासकिय प्रमुख अरबिन्द्र बर्माले गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले सडक, कृषि, शिक्षा, स्वास्थ्य, राेजगारी, स्थानीय उत्पादनकाे बजारिकरण तथा काेसेलि घर सन्चालनमा जाेड दिएका थिए ।

Related Articles

Back to top button