समाज

आयुर्वेद स्वास्थ्य केन्द्रले वितरण गर्यो प्रतिरोधात्मक औषधी

प्यूठान, २७ वैशाख । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानले जिल्लाको स्थानीय तहमा रोग प्रतिरोधात्मक ओषधी विरतण तथा परामर्श सञ्चालन गरेको छ ।

झिमरूक गाउपालिका ६ चिरायु मा.वि.को क्वारेन्टाइन मा रहेका २६ जना, बाल शिक्षा मा.वि. को क्वारेन्टाइनमा रहेका १३ जना र मच्छि प्रहरी चौकीमा रोग प्रतिरोधात्मक औषधि वितरण तथा तनाव व्यवस्थापन, योग ध्यान लगायत विषयमा परामर्श गरिएको छ । त्यस्तै स्वर्गद्वारी नगरपालिकामा रहेका १३ वटा क्वारेन्टाइन स्थलमा ७३ जना, २ जना जेष्ठनागरिक, २ जना सुत्केरी, माण्डवी गाउँ पालिकामा रहेका ६ वटा क्वारेन्टाइन स्थलमा ४९ जना लाई तनाव व्यावस्थापन, योग, ध्यान, नृत्य लगायतका विषयमा परामर्शका साथै जनप्रतिनिधि लगायत अग्रपन्तिमा रहेर काम गर्नेको लागि पनि रोगप्रतिरोधत्मक औषधि वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानका कविराज निरिक्षक टुक बहादुर रोका क्षेत्रीले जानकारी दिनुभएको छ ।

बाँकी रहेका प्यूठान नगरपालिका, गौमुखी, ऐरावती, नौबहिनी र सरुमारानी गाउँपालिकामा वितरण गरिने निमित्त प्रमुख शिशिर पोख्रेलले बताउनु भएको छ । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण्मा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

Related Articles

Back to top button