स्थानीय सरकार

गौमुखीमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा

प्यूठान । गौमुखी गाउँपालिका प्यूठानले निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पालिका अस्पतालमा आयोजना गरिएको शिविरमा २ सय ७७ जना चिकित्सकीय सेवा लिएका छ्न ।

रुपन्देही ग्यास्ट्रो क्लिनिक बुटवल र देवदह मेडिकल कलेजमा कार्यरत पेट रोग विशेषज्ञ प्रोफेसर डाक्टर नारायण प्रसाद बेलबासे, प्यूठान जिल्ला अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर आभाष योगी, रुपन्देही ग्यास्ट्रो क्लिनिकका रेडियोलोजिष्ट डाक्टर अनमोल थापा, गौमुखी गाउँपालिकाका मेडिकल अधिकृत डाक्टर भावना पोख्रेल लगायत विशेषज्ञले शिविरमा सेवा दिनुभएको थियो ।

शिबिरमा विशेष गरि पेट सम्बन्धि बिरामीले लाभ लिएको गाउँपालिकाका उपाध्यक्ष महाबीर रानाले जानकारी दिनुभयो ।

Related Articles

Back to top button