प्यूठान । प्यूठान समाचार डट कममा यस साता प्रकाशित मुख्य समाचारहरु हेर्न छुटाउनुभयो की ? ११–१६ जेठ २०८२ मा प्रकाशित यस्ता छन् यस साताका मुख्य–मुख्य खबरहरु :
(१) कैरन–पकला सडक कालोपत्रे, अव चेरनेटाबाट ऐरावती पिकनिक पार्कसम्म सरर
चेरनेटा–कैरन खण्ड यस अघि १०.५ किलोमिटर कालोपत्रे भैसकेको छ । अव चेरनेटाबाट १६.५ किलोमिटर ऐरावती पीकनिक पर्क (पकला)सम्म कालोपत्रे सडकमा सरर यात्रा गर्न सकिन्छ ।
(२) प्यूठानमा विकास बजेट खर्च न्यून, संघीय ३५ र प्रदेशको ४३ प्रतिशत पुँजीगत खर्च
चालु आर्थिक वर्ष २०८१/०८२ सकिन दुई महिना मात्र बाँकी रहँदा प्यूठानमा विकास बजेट न्यून खर्च भएको छ । बैशाख मसान्तसम्मको तथ्यांक हेर्ने हो भने पुँजीगत बजेट तर्फ संघीय सरकार अन्तगत ३५ प्रतिशत र प्रदेश सरकार अन्तरगत ४३ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । समग्रमा यस्तो प्रतिशत देखिएता पनि विकासे कार्यालयहरुको खर्च भने कमजोर छ ।
(३) प्यूठानमा करोडौं लगानीका तीन चिस्यान केन्द्र प्रयोग विहिन, किसानलाई सास्ती
प्यूठानका तीन स्थानमा करोडौं खर्च गरेर निर्माण भएका चिस्यान केन्द्र (कोल्ड स्टोर) प्रयोग बिहिन छन् । गुणस्तरीय प्रविधिको प्रयोग नगरी चिस्यान केन्द्र निर्माण हुँदा प्रयोग बिहिन बनेका हुन् । जिल्लामा माण्डवी गाउँपालिका, प्यूठान नगरपालिका र झिमरुक गाउँपालिकाले चिस्यान केन्द्र स्थापना गरेका छन् । करोडौँको लगानीमा निर्माण सम्पन्न भएका चिस्यान केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा पूर्ण रुपमा प्रयोग बिहिन भएका हुन् ।
(४) प्यूठानमा बेसार प्रशोधन उद्योग स्थापना, हलेदो खेतीबाट किसानले आम्दानी गर्न सक्ने
प्यूठान नगरपालिकाले बेसार प्रशोधन उद्योग स्थापना गरेको छ । स्थानीय स्तरमा परम्परागत रुपमा खेती हुँदै आएको हलेदो बालीलाई व्यवसायिकरण र अर्गानिक वेसार उत्पादन गर्ने उद्देश्यले उद्योग संचालनमा ल्याइएको हो ।
(५) महत्वकांक्षी नौमुरे बहुउद्देश्यीय आयोजना, सरकारको प्राथमिकतामा परेन
नेपाल सरकारले आफै पनि श्रोत सुनिश्चितता नगर्ने र लगानीको मोडालिटी स्पष्ट नबनाउँदा आयोजनाले गति लिन सकेको छैन । सिमित श्रोतका आधारमा शिलतंगा नगरपालिका–८ मा अर्घाखाँचीमा स्थापना गरिएको नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालयले सिमित श्रोतमा आयोजनाको पूर्व तयारीका केहि कामहरु गरिरहेको छ ।
(६) आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा प्यूठान
नेपाल सरकारले आ.ब. २०८२/०८३ का लागि बिहिवार संसद प्रस्तुत गरेको बजेटमा जिल्लाका बिबिन्न आयोजनाहरु सम्बोधन गरेको छ । प्रतिनिधि सभा सदस्य सुर्य थापाले सामाजिक संजाल फेसबुकमा सार्बजनिक गर्नुभएको सन्देश अनुसार प्रमुख धार्मिक, साँस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार विकास गर्ने योजना अनुरुप स्वर्गद्वारी सम्बोधन भएको छ ।
र अन्तमा जाँदा जाँदै यो पनि
नदीबाट अवैध सामाग्री उत्खनन गर्ने कार्वाहीमा
नदीजन्य सामाग्री सहज उपलब्ध नहुँदा निर्माण कार्यमा बाधा : व्यवसायी
