प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि प्यूठानले ९ वटा कोटा पाएको छ ।
चितवनमा यहि मंसिर १० देखी १२ गतेसम्म हुन लागेको महाधिवेशनका लागि तोकिएको कोटाभन्दा चौगुणा बढी आकांक्षी देखिएका छन् ।
यसअघि सर्वसम्मत रुपमा जिल्लाका सवै वडा तथा पालिका अधिवेशन सम्पन्न गरेको नेकपा एमालेले महाधिवेन प्रतिनिधि भने सर्वसम्मत बनाउन सकेको छैन । जसका कारण कात्तिक २७ गते शनिबार छनौट हुन लागेको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।
९ वटा कोटामा ६ जना खुल्ला, २ जना महिला र १ जना समावेशी कोटा तोकिएको छ । जसमध्ये खुल्लामा २५ जनाले उम्मेदवारी दिएका छन्, महिला र समावेशीमा पाँच/पाँच जनाले उम्मेदवारी दिएका छन् ।
खुल्ला प्रतिनिधि तर्फ हरिप्रसाद रिजाल, मधुर शर्मा, शोभाराम भण्डारी, धन बहादुर रायमाझी, याम बहादुर घिमिरे, लक्ष्मीप्रकाश राजभण्डारी, नेगन सिंह कुँवर, विष्णु घिमिरे उज्वल, अजय सिंह, मोहन बहादुर जिसी, तुल्सीराम शर्मा, नेहरसिंह केसीले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी, टेकुलाल गिरी, हुकुम बहादुर खड्का क्षेत्री, टिका बहादुर गुरुङ, दिल बहादुर थापा, मुक्ति पोख्रेल, जाल बहादुर केसी, रामचन्द्र केसी, श्रीधर रोका, विजय विराज विष्ट, टंका बहादुर खड्का, विष्णुराज विसी, नेत्र बहादुर रोकाय, हिरामणी भण्डरीले उम्मेदवारी दिनुभएको छ ।
महिला प्रतिनिधि तर्फ दिपा घर्ति, कमला रिजाल, भगवती खड्का, पवित्रा जिसी, गोमा रेग्मीले उम्मेदवारी दिनुभएको छ ।
समावेशी तर्फ बेगम बहादुर विश्वकर्मा, झग बहादुर विश्वकर्मा, गिर बहादुर सुनार, निम बहादुर सुनार र खुम बहादुर परियारको उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता लिने समय अहिले बेलुका ५ बजेसम्म रहेको निर्वाचन मण्डलका संयाेजक पशुपति नारायण नकर्मीले जानकारी दिनुभयाे । एमाले स्रोतका अनुसार सहमति जुटाउनका लागि अधिकतम प्रयास भइरहेको छ ।
