राष्ट्रिय

सिन्धुपाल्चोकमा कोरोना भाइरसको शंका

प्यूठान समाचार सम्वाददाता
प्यूठान २९ माघ ।
सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमणको शंका गरिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो विरामी भेटिएपछि कोरोनाको शंका गरिएको हो । विरामीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन । कोरोना संक्रमितमा जस्तो लक्षण बिरामी भेटिएपछि गाउँपालिकाले यसको पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।
चीनको वहानमा देखापरेको कोरोना भाइरस अहिले चीनसहित विश्वका २ दर्जन बढी मुलुकमा देखापरेको छ । चीनमा मात्रै करिब १ हजार ज्यान गइसकेको छ भने ४२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close