प्यूठान । विभिन्न कानुनी अड्चन देखाउँदै नदीजन्य समाग्रीको सहज आपुर्ती नहुँदा निर्माण कार्यमा बाधा पुगको भन्दै व्यवसायीहरुले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
निर्माण व्यवसायी संघ प्यूठानले नदीजन्य सामाग्रीको सहज आपुर्तिका लागि सहजिकरण गरिदिन अनुरोध गरेको छ । सहज आपुर्ति नहुँदा निर्माण व्यवसायीहरु निर्माण कार्य पुरा गर्न असमर्थ रहेको उनीहरुले उनीहरुले उल्लेख गरेका छन् ।
‘नियमानुसार राजस्व बुझाई निर्माण सामाग्री उठानउे क्रममा प्रहरी प्रशासन र स्थानीय तहहरुले अनावश्यक दुःख, सास्ती, धरपकट र निर्माण यन्त्र तथा उपकरण नियन्त्रणमा लिई जरिवाना गर्ने गरेका छन् ।’ ,निर्माण व्यवसायी संघ प्यूठान अध्यक्ष नविन कुमार श्रेष्ठले भन्नुभयो, ‘राष्ट्रको पूर्वाधार विकासमा गतिशिलता ल्याउने कुरामा बाधा अड्चन सिर्जना नगरी सहज वातावरण बनाईदिन अनुरोध गरेका छौं ।’ सहज रुपमा सामाग्री उपलब्ध नभएको खण्डमा निर्माण कार्यहरु स्थागित गर्नुपर्ने बाध्यता आईलाग्ने उहाँले बताउनुभयो ।
नदीजन्य सामाग्रीहरु बालुवा, ढुङ्गा, गिट्टी, मिस्कट उठाउनका लागि मेसिनको प्रयोग अवैधानिक भएको भन्दै पालिकाहरुले जरिवाना गराउँदै आएका छन् ।
