प्यूठान । नेपाल सरकारले आ.ब. २०८२/०८३ का लागि बिहिवार संसद प्रस्तुत गरेको बजेटमा जिल्लाका बिबिन्न आयोजनाहरु सम्बोधन गरेको छ ।
प्रतिनिधि सभा सदस्य सुर्य थापाले सामाजिक संजाल फेसबुकमा सार्बजनिक गर्नुभएको सन्देश अनुसार प्रमुख धार्मिक, साँस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार विकास गर्ने योजना अनुरुप स्वर्गद्वारी सम्बोधन भएको छ ।
नौमुरे बहुउद्देश्यीय आयोजनाका लागि लगानी सुनिश्चित गरी निर्माण कार्य प्रारम्भ गरिने भएको छ ।
मदन भण्डारी राजमार्ग निर्माणका लागि रू २ अर्ब ५१ करोड विनियोजन गरेको गरिएको छ । जुन NH9 र NH19 जिल्ला भएर अघि बढ्छ ।
निर्माणाधीन बैकल्पिक सहायक राजमार्ग र निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गतका आयोजनाहरूलाई आगामी आर्थिक बर्षभित्र सम्पन्न गरि सिर्जित दायित्व फरकफारक गरिनेछ। यसका लागि रू. २१ अर्ब ८ करोड बिनियोजन गरिएको छ । यस अन्तर्गर मल्लरानी गाउँपालिकाको सानिलेख-देउराली-सोल्हाल्ना हुँदै अघि बढ्छ ।

