समाज

प्यूठानमा गाई काटेको आरोपमा तीन जना प्रहरी नियन्त्रणमा

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा गाई काटेर मारेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

स्वर्गद्वारी नगरपालिका–३ देउराली स्थित खोलामा गाई काटेर मारेको भन्ने गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय भिंगृबाट प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माको कमाण्डको टोलिले घटनामा संलग्न रहेको आरोपमा स्वर्गद्वारी नगरपालिका–३ देउराली निवासी ५३ वर्षीय मोहन वि.क., सोही वडाको भिंगृ निवासी ४१ वर्षीय कृष्णबहादुर नेपाली र ३९ वर्षीय कासीराम नेपालीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

तस्बिर : सांकेतिक एआई

Related Articles

Back to top button