> राष्ट्रिय > संविधान दिवसको अवसरमा शुभकामना आदानप्रदान


संविधान दिवसको अवसरमा शुभकामना आदानप्रदान

प्यूठान । संविधान दिवसको अवसरमा जिल्लामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति प्यूठान, मल्लरानी गाउँपालिका र जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बत्ताहरुले संसारका अन्य मुलुकहरुको संविधानभन्दा नेपालको संविधान विश्वमै उत्कृष्ट मध्ये पर्ने भन्दै त्यसको कार्यान्वयनमा जोड दिएका छन् । संविधानले नागरिकलाई दिएको हक अधिकारको लागि सवै निकायले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।

मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले संविधान विपरित काम गर्न कसैलाई पनि छुट नरहेको भन्दै कार्यान्वयनमा हामी सवेको भूमिका आवश्यक पर्ने बताउनुभयो । सहाय प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सुखी नेपाली, समृद्ध नेपालको उदेश्य पुरा गर्न, जनताको हक अधिकार कार्यान्वयन गर्न संविधान अनुसार चल्नुपर्ने बताउनुभयो । जनताले चुनेका प्रतिनिधिबाट संविधान बनेकाले समेत संविधान उत्कृष्ट भएको उहाँको भनाई छ ।

कार्यक्रममा राजनीतिक दलका तर्फबाट राष्ट्रिय जनमोर्चाका सचिव विदुर मल्ल, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजकुमार कक्षपतिले संविधानका केहि विषयमा दलहरुबीच फरक मत भएपनि यसको सही कार्यान्वयनमा दलहरु एक हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंका अध्यक्ष सञ्जय रिजालले संविधान कार्यान्वयनमा कर्ताको भूमिका महत्वपूणर् हुने भन्दै राजनीतिक नेतृत्व, न्यायिक नेतृत्व र प्रशासनिक नेतृत्वले गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरिएपनि सरकारले बेला बेलामा प्रेसमाथी अंकुश लगाउन खोजेको बताउनुभयो । उहाँले संविधानको रक्षा र पालना दलको नेतृत्वले गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका सदस्य गुणेन्द्र बस्नेत, सहाय प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद अधिकारी र बागेश्वरी अशल सासन क्लव(वास) नेपाल प्यूठान शाखाका अध्यक्ष जुमान सिंह केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
स्वागत जिल्ला समन्वय समिति प्यूठानका उप प्रमुख दुर्गा रेग्मी र सञ्चालन जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकीय अधिकृत मेघराज सोनीले गर्नुभएको थियो । दिवसकै अवसरमा आज रक्तदान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *