> राष्ट्रिय > प्युठानमा ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गयो


प्युठानमा ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गयो

प्युठान । प्युठानमा मंगलबार दिउँसो  भएको ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गएको छ ।

 

प्युठान नगरपालिका वडा नम्वर २ स्थित झारिवाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालक रम्भादेवी गाउँपालिका–४ पाल्पाका २३ वर्षीय  डम्बर बहाुदर सुनारी मगरकोे ज्यान गएको जिल्ला प्रहारी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमाकान्त खनालले जानकारी दिनुभयो ।

 

दिउँसो अन्दाजी १२ : ५० बजे रा १ त २१८८ नम्वरको ट्याक्टर दुर्घटनामा घाईते सुनारी मगरको उपचारको क्रममा जिल्ला अस्पताल विजुवारमा मृत्यु भएको प्रहरी निरीक्षक खनालले बताउनुभयो । दुर्घटनामा नौबहिनी गाउँपालिका वडा नम्वर ४ खवाङका १९ वर्षीय नविन मल्ल घाईते हुनुभएको छ ।

 

आरनेटाबाट दाखाक्वाडी जाँदै गरेको ट्याक्टर ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते मल्लको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *