प्यूठान । मल्लरानी गाउँपालिकाले फोहोरमैला व्यवस्थापनका लागि फोहोरको प्रकृति छुट्याएर संकलन गर्ने नीति ल्याएको छ । घर तथा सार्वजनिक स्थलबाट उत्पादन हुने फोहोर जन्य वस्तुको पहिचान गरि प्रकृति छुट्याएर संकलन गर्न प्रोत्साहित गर्ने नीति ल्याएको छ ।
साथै त्यसको व्यवस्थापनका लागि सहकारी संस्था, गैर सरकारी संस्था र टोल विकास संस्थासँग समन्वय गरि कार्यक्रम सञ्चालन गरिनेछ । फोहोरमैला व्यवस्थापन स्थलको खोजी तथा पहिचान गरि आवश्यक पूर्वाधार निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
