राष्ट्रियसमाजस्थानीय सरकार

ओछ्यानमा नै नागरिकता

महेश थापा
नौबहिनी । नौबहिनी गाउँपालिका-१ स्याउलिवाङका एक ब्यक्तिलाई घरमै नागरिकताको प्रमाणपत्र उपलब्ध गराईएको छ ।

 

२५ वर्षीय प्रकाश मल्ललाई गाउँपालिकाको समन्वय र जिल्ला प्रशासन कार्यालय प्युठानको सहजिकरण नागरिकता दिइएको समाजसेवी शेर बहादुर शेनले जानकारी दिनुभयो ।

 

मल्ल ०७० साल माघ १८ गते माटोको ढिस्कोले पुरिएर अपांग हुनुभएको छ । क श्रेणीको अपांगता भत्ता पाउदै आएका मल्लको १७ महिनादेखि भत्ता रोकिएपछि नागरिकता बनाएको सेनले जानकारी दिनुभयो ।

 

Related Articles

Back to top button