> राजनीति > नेबि संघको तालबन्दीमा अनेरास्ववियुको ऐक्यबद्धता


नेबि संघको तालबन्दीमा अनेरास्ववियुको ऐक्यबद्धता

प्युठान । प्यूठान नगरपालिकामा बिद्यालयबाट काजमा खटाईएका शिक्षकलाई फिर्ता नपठाईएको बिरोधमा नेपाल बिद्यार्थी संघ प्यूठानले शिक्षा शाखामा तालाबन्दी गरेको बिषयमा अनेरास्ववियु प्यूठानले ऐक्यबद्धता जनाएको छ ।

 

 

बिहिवार प्रेस बिज्ञप्ति जारी गर्दै नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले ऐक्यबद्धता रहेको जनाएको हो । ‘२०७८ फागुन १८ गतेका दिन प्यूठान नगरपालिकाका तत्कालिन नगर प्रमुख र अनेरास्ववियु दानको विच सहमति अनुसार निर्णय नं ४ मा लेखीएको निर्णय प्युठान नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखामा काजमा रहनुभएका शिक्षकलाई २०७९ बैशाख २ गते काज फिर्ता गर्ने सहमति भएको थियो,’ अध्यक्ष दिल बहादुर दसौदीले भन्नुभयो, ‘यसै विषयलाई लिएर मिति नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखामा गरेको तालावन्दीमा हाम्रो गौरवशाली संगठन अनेरास्ववियु जिल्ला कमिटी प्युठानको ऐक्यवद्धता रहेको छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालका ७ सय ५३ वटै स्थानिय तहलाई गत जेठ ३१ गते पत्राचार गरी कर्मचारी सरह कामकाजमा खटाईएका शिक्षकहरुलाई तत्काल दरबन्दी भएका बिद्यालयमै फिर्ता गर्न परिपत्र गरेको थियो । जिल्लाका अन्य ८ स्थानियतहले परिपत्रलाई कार्यान्वयन गरिसकेका छन् । तर प्यूठान नगरपालिकाले अझै कार्यान्वयन गरेको छैन । स्रोत व्यक्ती बिष्णु प्रसाद पोख्रेल अहिले पनि शिक्षा शाखामा कार्यरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *