साहित्य सृजना

आज सहिद दिबस

चर्हाउदैछ उहीँ घाउको ,खाटो बिर्सियौ।
स्वाधिनता र आफ्नो धर्ती,माटो बिर्सियौ।

फर्किएर हेर पाइला,चुहिदैछ रगत,
सडक मै छ मेरो रगत,टाटो बिर्सियौ।

दुनियाँलाई मरायौ,आफू बस्यौ महलमा,
सहिदले देखाएको ,बाटो बिर्सियौ।

जनता सत्ता एक सिक्काका,दुई पाटा भन्थ्यौ,
कब्जा गर्यौ, एउटा पाटो,अर्को पाटो बिर्सियौ।।

झुपडीले पुर्याएथ्यो,महल माथी तिमीलाइ,
महल शीत झुपडीको, नातो बिर्सियौ।

लोकेन्द्र जि सी
प्युठान

Related Articles

Back to top button