प्यूठान । आज अन्र्तराष्ट्रिय अपांग दिवस । प्यूठानमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अनुसार विभिन्न पालिकामा गठित सञ्जालले विभिन्न सचेतनामुलक कार्यक्रम गरि दिवस मनाउँदैछन् ।

अपांगताका सवाल यथावत
अंपागताका विभिन्न सवाल अहिले पनि कायमै छ । अपांगता भएका व्यक्तिका हक अधिकारलाई संविधानले सुरक्षित गरेपनि व्यवहारमा अझै कार्यान्वयनमा आउन सकेको छैन ।
राष्ट्रि अपांग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसीले शिक्षा, स्वास्थ्य, रोजगारी, शीप तालिमका अवसरबाट अपांगता भएका व्यक्ति बञ्चित हुनुपरेको बताउनुहुन्छ । “विभेद रहित समाजको आवश्यकता छ,” उहाँले भन्नुभयो,“संघले अधिकार प्राप्तीका लागि काम गर्दै आएको छ ।”





