> राष्ट्रिय > साहित्य/संगीत महोत्सब समापन : प्युठानको पर्यटन प्रवर्द्धनमा टेवा


साहित्य/संगीत महोत्सब समापन : प्युठानको पर्यटन प्रवर्द्धनमा टेवा

प्युठान । स्वर्गद्वारीबाट शुरु भएको ३ दिने साहित्य/संगीत महोत्सब समापन भएको छ । आज जनता माध्यमिक विद्यालय बाग्दुलामा कविता प्रतियोगिता सहित महोत्सव समापन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि डाक्टर गितु गिरीले यश महोत्सवले प्युठानको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको बताउनुभयो । यस प्रकारका कार्यक्रमले जिल्लाको प्रचार प्रसारमा सहयोग पुग्ने भन्दै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला बाहिरबाट आएका साहित्यकारले जिल्लामा पर्यटनको सम्भावना बलियो रहेको प्रतिक्रिया दिएका छ्न । उनिहरुले पर्यटकीय क्षेत्रहरूको पर्याप्त जानकारी दिने गरि सूचनाको ब्यबस्थापन गर्न सुझाब दिएका छन ।
साहित्य परिषद प्युठानका अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब धुर्ब गिरीले गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *