साहित्य सृजना

प्रभावन जे को पापी दाई बजारमा

प्यूठान, २३ बैशाख ।
डि ए आर मुभिज एंड फिल्म्स् इ प्रा लि ले प्रभावन जे को पन्चे बाजा लोक दोहोरि गित पापी दाइ बजारमा ल्याएको छ । निरन्तर रुपमा सांगीतिक क्षेत्रमा लागि परेका प्रभावन जे ले समय अनुसार सांगीतिक प्रस्तुति ल्याउदै आउनुभएको छ ।

पछिल्लो केहि समय देखि सामाजिक चेतनामुलक गित तथा भिडियो हरु मा जोड दिदै आउनुभएका प्रभावनले दिदि बैनी लाइ घर बाट बिदा बिबाह गरि (अन्माएर) पठाउदाको पारिबारिक स्थितिलाइ समेटेर गित पापी दाइ ल्याउनुभएको हो ।।

गीतमा चर्चित गायिका गीतादेवीले स्वर मा साथ दिनुभएको छ भने धनपति दाहाल ले सब्द संकलन र लय संकलन प्रभावन स्वयमको रहेको गित को एरेन्ज भुवन प्रकाश बडू ले गर्नुभएको हो।

गित को भिडियो मा जीवन गौतम , पुजा पाठ्क र नारायण दंगाल को अभिनय रहेको छ भने क्यामेरामा कैद जयन्द्र कुवर सम्पादन बिबेक सुनार गर्नुभएको छ ।

लक डाउन खुले लगत्तै “सपनी २“ र “माछी भुल्यो लेउ मा बरि लै“ को तयारि मा रहेको डि। ए। आर। मुभिज एंड फिल्म्स ई प्रा लि क संचालक सदस्य राजाराम गौतम ले बताउनुभयो ।
भिडियोको लिंक तल छ ।

Related Articles

Back to top button