> साहित्य सृजना > शहिद दिवशको बारेमा !


शहिद दिवशको बारेमा !

सुरेश कुमार पाण्डे

नेपालको ईतिहाशमा शहिदहरुको कमिनै छैन।साँच्चै भन्ने हो भने शहीदको लेखो जोखो पनिछैन भनेपनि फरक नपर्ला।
जो देश र जनताको लागि लडेर बिरगति पाए उनिहरुको कुनै कतै लेखो जोखो पाईँदैन।तरपनि पञ्चायति काल देखि देशमा शहिदी दिबश मनाउँदै आएको ईतिहास छ। माग१६लाई नेपालमा शहिदी दिबश मनाउँने परमपरानै छ।

भन्निन्छ पहिलो शहिद लखन थापा हुँन।बिस.१९३२मा” त्यो बेला गोर्खाका थापाहरु लखन थापालाई एउटा सिद्ध पुरुषको रुपमा ठान्दथे।यस्तैमा बि.स१९३२मा गोर्खामा एउटा भुतपुर्व सैनिक लखन थापाले आफु शिद्ध पुरुष लखन थापाको औतार भयको र गोरखकाली भगवतीले जंगबहादुरको नाश गराउँन वरदान दिएको भन्दै केहि समर्थकहरु लाई लिएर बिद्रोह गर्नथाले।जंगबहादुरले लखन थापा र उन्का समर्थकहरुलाई समातेर मृत्यु दण्ड दिए।उन्लाई कसरी मारियो त्यो भने फरक फरक भेट्टिन्छ त्यसको मिति पनि प्रष्ट बुझिएन।
खलङ्गाको नाला पनीको युद्धमा पनि महिला बाल बालिका लगायत ५३०जना मारिएका छन।

बिस.१८७१मा नेपाल र अंग्रेज बिचको युद्धमा पश्चिम खलङ्गाको नालापानी युद्धमा नेपालका बिर सैनिक बलभद्र कुँवरले किल्लाको रक्षा गरिरहेका थिए।यँहाको लडाईमा अंग्रेजि सेनकाको सेनापति जनरल जिलेप्सी समेत मारिएका थिए।अंग्रेज तर्फको अत्याधुनिक सेनाको सामना वीर बलभद्रले महिला केटा केटी सहित६००जनाको सेनाले गरिरहेका थिए। किल्लामा रहेका नेपाली सेनालाई अंग्रेज सेनाले युद्ध बाट जित्न नसकेपछि पानीको मुहान समेत थुनेर चरम यातना दिएको थियो।त्यसपछि बचेका कुल७०जनालाई नाङ्गो खुकुरी सहित किल्ला बाहिर आएर किल्ला खालि गरि दिएका थिए।जब अंग्रेज हरु किल्लामा पसेका थिए त्यँहाको अबस्था देखेर हैरान भए।त्यँहा लास बाहेक केहि थिएन।उनिहरु जो सँग आधुनिक हथियारको प्रयोग गरेर लडेका थिए उनिहरु सँग मात्र हाँशि खुकुरी मात्र थियो।नेपालीको त्यो बिरता देखेर अंग्रेजहरुले त्यँहा एउटा”हाम्रा वीर शत्रु वीर बलभद्र र उन्का वीर गोर्खा साथि हरुको समृतिमा सम्मानोपहार”लेखेको एउटा स्मार्क बनाएका थिए।यस्तै गरेर नेपालको एकिकर्णमा पनि बिरगति पाउँने हरुको कमिछैन।काजी कालु पाण्डे,काजी तुलाराम पाण्डे,काजी नयनसिहँ थापा,सरदार भक्ति थापा,सेनापति शिबराम सिहँ थापा,वीर अम्मर सिहँ थापा,जयकृष्ण कुँवर,परशुराम थापा,सरदार गन्धर्व राणा,भाष्कर राणा,चौतारीया हश्तिदल शाह,केहर सिहँ बस्नेत,लगायतका कयौँ नेपालको एकिकरणमा शहिद भयकाछन।

तर पनि अहिले सम्मको भनाईनुसार राजनीतिक कारणले लखन थापालाई पहिलो शहीद भनिन्छ।त्यस्तै बिस.१९९७मा माघको नौ गते शुक्रराज शास्त्रीलाई टेकुमा झुण्डाएर मारिएको थियो।माघको ११गते धर्मभक्त माथेमालाई सिफलमा झुण्डाएर मारियो।माघ१४गते दशरथ चन्द र गंगालाल लाई बिष्णुमतीमा गोली हानेर मारियो।शुक्रराज शास्त्रीको सरिरमा”सरकारको बिरुद्ध आवाज उठाउँनेहरुको यस्तै हालत हुँन्छ”भन्ने लेखेर एक दिन त्यस्तै राखियो।जनतामा डर पैदा गरेर सत्ता मा बनिरहन राणाहरुले यस्तो गरेका थिए।तरपनि बिद्रोहको ज्वाला बुझेन र देशमा सात सालको त्यो घटनालाई कसैले रोक्न सकिन।

अब शहीद कस्लाई भन्ने यँहा त कयौँले जिउँदा लाई पनि शहिद भन्छन जस्तो टंकप्रसाद आचार्यलाई कयौँले जिउँदा शहीदपनि भन्छन।तर जो देश र जनताfको लागि मरेर गयो उस्को नामो निशान नै छैन।पंचायति तानाशाहीको बिरुद्धामा पनि कयौ लडेर मरेकाछन।पछि प्रतिगमनको बिरुद्धमा पनि कयौँ मरेकाछन माओवादी आन्दोलनमा दोहोरो भिडन्तमा परेरपनि १७हजार मरेकाछन।शहिदको ता देशमा खेतिनै भयकोछ तर वास्तबमा यो छलफल गरेर टुङ्गो लगाउँनै पर्नेहो शहिद कस्लाई भन्ने?बारे छिनो फानो गर्नै पर्छ।
देशभित्र शहिद कस्लाई भन्ने कम्तिमा शहिदहरुको त खोज बिन हुँनुपर्ने हो।तर बर्तमान सरकारलाई आफ्नै खिचलोछ।बिगतका सरकारलाई उन्कै खिचलो थियो। यो माघको महिनोमा त शहिदहरुको सम्मानमा केहि राम्रो काम गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *