लोकेन्द्र जि सी
नछोएरै बाँधिएका ,हात खोइ त प्रिया ?
जुन बिछ्याइ सुतेका ती,रात खोइ त प्रिया ?
मुटुभरी प्याला प्याला, पिएको त्यो प्रेम,
किन छोड्छ यति छिटै, मात खोइ त प्रिया ?
सुर्य बनी बल्दा मायाँ ,तिमी थियौ छायाँ,
छायाँ पनि टाढिएछ,साथ खोइ त प्रिया ?
अंगालोमा कसिएर,हृदय नै पखालेर,
साटिएका मिठा मिठा,बात खोइ त प्रिया ?
मायाँ जलप लगाएर,तिम्रो नाममा पठाएका,
पृतका ती बहुमुल्य ,सौगात खोइ त प्रिया ?
मायाँको धुन भर्दै,आकासका तारा गन्दै
मुख जोडि बजाएका,पात खोइ त प्रिया ?
