> साहित्य सृजना > लघुकथा : सुखःको लोभ !


लघुकथा : सुखःको लोभ !

  • सुरेशकुमार पाण्डे

सबैका लोग्नेहरु बिदेश जान्छन धन कमाउँछन । तिमि भने घर कुरेर बस्छौ ! आखिर बच्चाहरुलाई शिक्षा दिक्षा दिन पर्दैन । घरको खर्च बढ्दैछ तिमीलाई भने कुनै चिन्ता छैन । हाम्रा बाबुहरु ठुला भएर भोली कुन बिदेशीको भाँडा माज्ने हुँन कि कुन साहुको हलो जोत्ने हुँन !सिमाले आफ्नो लोग्ने सँग अलि चर्किदै भन्छे ।

अक्षले अलि बेर मौन रहेर उस्को गन-गन सुनेपछि ! तीमि जाँदैनौ बिदेश ! भनेर जुरुक्कै उठेर बाहिर तिर लाग्छ । अक्ष र सिमाको अलि बर्ष पहिले मागी बिहे भएको हो । अक्ष लाहुरमा एउटा प्राईबेट कम्पनीमा नोकरी गर्थ्यो,सिमापनी केहि बर्ष सँगै बसी उनिहरु बिच पारिवारीक सम्बन्ध राम्रो थियो । दुईटा शुन्दर बाबुहरु जन्मिएका थिए । जस्तै फैमलि मेम्बर बढ्दै गए खर्चपनि बढ्दै गयो । घरको खर्च पुरा गर्न आखिरमा केहि न केही काम त गर्नै पय्रो । घरमा खालि बसेपछि आफ्नै बानीपनि खराबनै हुन्छ ।

यति बेला बिदेश जाने चल्ति चलन ब्यापक बन्दै गयको थियो । किन की छिमेकी देशमा अब राम्रो नोकरी मिल्न कठिन थियो । त्यसैले धेरै जस्तो युवा युविती हरु तेश्रो मुलुकमा जान रुचाउँन थालेका थिए । देशभित्र ता कामै मिल्दैन बहुदलिए ब्यबस्था आएपछि युवाहरुको तेश्रोमुलुकमा जाने तृव रहर पलाउँदै गयो । एक आर्काले कमाएको देखेपछि देखासिकी गर्नुपनि स्वाभाबिकनै हो ।

अक्षको कुराले सिमालाई भित्र बाट झक-झकायो । उस्ले अलिबेर सोँच्न थाली ! होता नी मैँपनि त पढेलेखेकी छुँ आखिर महिलाहरुपनि ता बिदेशमा गएर धन कमाएकैछन । यो सदै घर भित्रको चुलो चौको गर्नु भन्दा घर बाहिर गएर दुई पैसा कमाएको ता राम्रै त हो । उस्ले मनै मनमा कुरा खेलाउँन थाली । छोराहरु पनि अब आफ्नो बा सँग बस्न सक्ने भै सकेकाछन यो घर कुरेर बस्नु भन्दा मै जान्छु बिदेश भन्छे । दिउस भरी यस्तै बिचार सोँच्दै बसेको दिन गयको थाहानै भैन ।

अक्षपनि दिउस भरी कता  कता गाउँमा घुमेर फर्किएको थियो । अक्ष काँहा गएको सारा दिन हँ ? उ भित्र पस्दा साथ फेरी सिमाले सोध्छे ।गाउँमा गएको थिएँ । घरमा पनि त तिमि कराकरै गरछिउ त्यही भएर यँहा बसेर के गर्ने ? उस्को प्रश्नवाचक उत्तर सुनेर सिमा ए .हो ! भन्दै कुराको बिट मार्छे । उस्ले यतिबेला आफु मौन बस्नुमानै ठिक सम्झिन्छे । सिमा भान्शाको तैयारीमा लाग्छे । अक्ष बच्चाहरु सँग खेल्छ,उस्लाई बाबुहरु सँग खेलेको लुकि लुकी हेर्दै गरेकी सिमा अक्षको बच्चाहरु प्रतिको स्नेह देखेर मनै मनमा हर्षित हुँन्छे । ठिकै ता हो यदि म बिदेश गैहाले पनि आमाँको अभाब महेशुर्ष गर्नेछैनन बाबु हरुले ! अक्षले बाबुहरुलाई खुबै मायाँ गर्छ । सिमाले यहि मन मनै सोँच्दै खाना पकाउँछे ।

एक छिन पछि भान्शा गर्छन र बाबुहरु पनि सुत्न जान्छन आफ्नो कोठामा । दुई जना मात्रै बसेको बेल अक्ष साँच्चै म जान्छुहै बिदेश ? सिमाले बिन्रमता पूवर्क सोध्छे । के काम गरौली तिमिले बिदेशमा ? अक्षले मन्टो बटार्दै प्रश्न गर्छ । केही पनि ! मेरी एउटी साथिले बुढाबुढीको सुसारे काम पाएकीछ तलब पनि राम्रो छ त्यँहा लोग्ने मान्छेलाई भन्दा महिलाहरु लाई काम छिट्टै पाईन्छ । शुरक्षापनि हुँन्छ भन्थी उस्ले । केही मैनामानै तिन चार लाख घरमा पठाई सकि मलाई पनि हिन भन्थी उतिबेला तँ आउँनेभय मैले बिजा दिलाई दिन्छु समेत भन्थी । दुई तिन बर्षको ता कुराहो हाम्रो थोरै आर्थिकमा सुधार भयोभनी ता म आईहाल्छु नि हुँदैन ? सिमाले अक्षको आँखामा आखा हालेर भन्छे । त्यसो भय जाउ काम गर्न सक्छौ भने ! अक्षले भन्दै तैयारी गर्न ईसारापनि गर्छ । अक्ष अलि सिरियस स्वाभाबको थियो तर सिमा अलि चञ्चल स्वाभाबकि हुँन ।

सिमाले सबै तैयारी गरेर भीजा लगाउँछे केहि मैनामै उस्को भिजा पनि आउँछ,यसरी सिमा अब बिदेश पुग्छिन । काम पनि भनेजस्तै भेटाउँछिन । केहि मैनामै उन्ले घरमा धन पठाउँन थाल्छिन । बिस्तारै घरको अबस्थामा शुधार हुँदै जान्छ । छोराहरुले पनि राम्रो स्कूलमा भर्ना गराएर पढाई गर्छन । केही बर्षपछि छोराहरु घरमा आएपछि अक्ष गाउँतिर लाग्थ्यो अनि राति मा ढिलो आउँथ्यो । बिस्तारै उस्ले रक्सि पिन थाल्यो जुवापनि खेल्दो रैछ । सिमालाई कसैले भनेपनि खासै वास्था राखिन तर उस्को घाउँ घरमा चर्चानै चल्न थालेपछि सिमाले चिन्ता गर्न थाली।सिमाले बिदेशमा दुख गरेर कमाएको धन उस्ले रक्सी तास र ऐयासीमा खर्चिन थालेको थियो । कहिले बजारु महिँलाहरु सँग कहिले रक्सिको भट्टिमा कहिले जुवाको अड्डामा उस्को ब्यबहार दिनपछि दिन बिग्रिदै गयो । उता सिमाले चिन्ता गरेर बिमार हुँन थालि । जब आफु बद्नाम भयो उस्ले अब आफ्नो गलति ढाक्न सिमालाई बद्नाम गर्न थाल्यो । यँहा सम्मकि आफ्ना औलादहरु लाईपनि तिम्रो आमा चरित्रहिन छे भनेर भड्काउँन समेत कसर छाडेन ।

सिमाले कमाएर पठाएको धनले सिमालाई बद्नाम गर्ने र आफुले ऐयासी गर्नमा खर्चियो । अनि अक्षले आर्कि महिँला ल्याएर घर भित्रायो । उसै सँग बस्न थाल्यो छोराहरु पनि ठुलठुला भए । सिमालाई आखिरमा न बुढाको मायाँ न छोराहरुको न घर यसरी सुखःको खोजिमा बिदेश गयर पौरख पोखेकि सिमा भयंकर दुखःको संघारमा आई पुगिन । धनको लोभमा पुरा परिवार छिया-छिया भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *