> साहित्य सृजना > ‘माइली त्यो दिन फेरि कहिले आउँछ ?’


‘माइली त्यो दिन फेरि कहिले आउँछ ?’

नाक हरेर जात छुट्याउने
भोटी हरेर रोटी खुट्याउने
यो विभेद कहिलेसम्म जारिरहन्छ माइली
माइली यो विभेद कहिलेसम्म जारिरहन्छ ।।

तिमीले त भन्थ्यौ
देशमा अब
भरियाले दयामायाको भीख होइन
श्रम र पसिनाको मुल्य पाउँनेछन्
भन्ने दिन कहिले आउँछ माइली
माइली त्यो दिन फेरि कहिले आउँछ ।।

तिमीले त भन्थ्यौ
देशमा अब
योग्यता अनुसारको काम पाइन्छ
काम अनुसारको दाम पाइन्छ
भन्ने दिन कहिले आउँछ माइली
माइली त्यो दिन फेरि कहिले आउँछ ।।

तिमीले त भन्थ्यौ
देशमा अब
जात र धर्मको कुरा होइन
बर्ग र कर्मको कुरा हुनेछ
भन्ने दिन कहिले आउँछ माइली
माइली त्यो दिन फेरि कहिले आउँछ ।।

तिमीले त भन्थ्यौ
देशमा अब
ब्यवस्था परिवर्तन हुन्छ अमनचयन हुन्छ
उचनीच सबै बराबर हुन्छन्
भन्ने दिन कहिले आउँछ माइली
माइली त्यो दिन फेरि कहिले आउँछ ।।

अ, साच्चै माइली
तिमी हामी फेरि
देउरालीमा बसेर रातो अबिर घसेर
सहिदको सपना पुरागर्ने कसमखादै
बिजयका गीत गाउदै
मार्चपास गर्ने दिन
फेरि कहिले आउँछ माइली
साच्चै, माइली त्यो दिन फेरि कहिले आउँछ
त्यो दिन फेरि कहिले आउँछ ।।

  • डा.सैलेन्द्र बिक्रम गिरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *