- सुरेशकुमार पाण्डे
जिवनको सफरमा धेरै यस्ता बात भए,
उदायो दिनहरु र पनि काला रात भए।
मान्छे मान्छे मा फुट पार्न लाई हथियार,
समाजमा उस्तै बिना कामका जात भए।
गरिबले दिनो रात मिहेनत गररे बाँच्छन
उनैको पौरखमा त धनमान जमात भए।
मान्छे-मान्छे देख्दा उस्तै-उस्तै लागे पनी,
मात्र चिनारी त उनिहरु का ओकात भए।
बिन्ती सोझा-मान्छे त जन्मिनै भएनअब,
हेर सदै उनैका साथी दुःख का खात भए।
आमा बा को उपचार गर्न छोरा परदेशीयो,
रातो बाकस फर्किदा आखामा बर्षात भए
गरिबले सदै भरी पौरख र शंघर्ष गर्दै गयौँ,
न अन्धकार हट्यो ना ही नयाँ प्रभात भए।
