> साहित्य सृजना > सुरेश कुमारका पाँच मुक्तक !


सुरेश कुमारका पाँच मुक्तक !

  • सुरेश कुमार पाण्डे


छैन कुनै ठाउँमा इमानदारको कदर,
र ता भ्रष्टचार बढ्दै गएकोछ घर घर ।
संसारमा लोक डाउँनछ मज्दुरी छैन,
सरकारले लगयो चल्लामा पनि कर ।


अब देशको पुकार सुनेर फर्कि आउ,
सकारत्मक बिचार गुनेर फर्कि आउ ।
फल्न सक्छ यहि माटोमा शुन चाँदी,
सबै जातीको मायाँ बुनेर फर्कि आउ ।


फुल्छ सौपत्रि लाली गुराँश बन भरी,
बसेकैछ सगरमाथा हिमाल मन भरी,
जोगाउँन सके यहि बन्छ हाम्रो स्वर्ग,
यही देशमा त छ प्राकृतिक धनभरी।


के पढ्ने था छैन पढाई सिकेर सक्यो,
मान्छे भित्रकै मानवता झिकेर सक्यो ।
आफु भित्रै कुसँस्कार कु रिती भरीदा,
लालचमा तन मन सबै बिकेर सक्यो ।


हेर मान्छेको बस्ति बाट मानव हरायो,
आफुले मष्तिकमा सैतानहरु भरायो ।
लालचले बनायो मान्छे जिउँदा लाश ।
एक आर्काको बिरुद्धमा झन करायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *