गजल !

  • सुरेशकुमार पाण्डे

आज बिदेशीहरु देशमा भरमार भएका छन,
उनै देशका जरा काट्ने औजार भएका छन।

सरकारले पनि चाँहादैन युवा बसुन देशभित्र,
खैकुन्नि किन देशलाई युवा भार भएका छन।

सरकारले लिन्छ गलत नीति सदै भरी देशमा,
बिदेशी प्रवेशका तिनै ता आधार भएका छन।

जनताहरु ता सदै भरी देशको हितमा लेडेका,
नेताहरु मध्य कुनै न कुनै गद्धार भएका छन।

डालर र भारुको खिचा तानिमा नेताहरु मध्य,
कोई छिमेकी लाई कोईनूर र हार भएका छन।

गुलाम ता जनताले कहिलैई हुँन दिएनन देश,
संघियता ल्याउँने उनैका मतियार भएका छन।

देशभित्र गणतन्त्र सगँसँगै संघियता आएपछि,
छिमेकी का धेरै योजना सहाकार भएका छन।