> साहित्य सृजना > लघुकथा: हली !


लघुकथा: हली !

सुरेशकुमार पाण्डे

लतरे ! छेउँ कुना खन्न अलि धौ हुँन्छ हेर राँटा नछाडेर मेसै सँग जोतेस ! अरु सुन भोली आफ्नो स्वास्निलाई पनि लिएर आउँनु बरु आटो एतै खाउला अलि सबेरै आए है ! साहुले अर्ति दिँदै आफ्नो घरतिर फर्किन थाल्छ । लतरे बिहानै देखुन बारी जोतिरहेको थियो । अर्नि ल्याई दिन्छनकी भन्ने आस गरेको बुढा त रित्तै पो आए ! उस्ले मनै मनमा सोँचछ । बराजु म बिहानै आएको अर्नि नगरी भोक लाग्न थाल्यो गरुपनि भोकाएका होलान ? उस्ले बल्ल बल्ल ठट्टा गरेझैँ गरी भन्छ ।

होर ? लतरे मैलेपनि केही खाएको छैन अहिले सम्म ! म साहुनिलाई छिट्टै आटो पकाउँन भन्छु है ! साहुले भन्दै हिँड्छ ।

उस्ले जोती रहन्छ । बिहानै उज्यालो नहुँदै झिस मिसामा आएको थियो । उ पेसाले दलित जातको हो, बलियो ज्यु डाल भयको खुब काम गर्ने भयकोले होला उस्लाई त्यो गाउँमा र अरु छिमेकि गाउँ बाटपनि काम गर्न बोलाउँथे ।

कसैको बारी जोत्नु पय्रो, रुख ढालेर दाउरा चीर्नु पय्रो उसैलाई बोलाउँथे । कसैले दया गरेर जो जति दिन्थे लैजान्थ्यो । उस्को आर्को कुनै आयाश्रोत पनि थिएन, नही उस्को कतै बारी खेत थियो । एउटा बुकुरो र स्वास्नी अनि केहि बच्चाहरु थिए । स्वस्नी र आफुले आर्काको निमेक गरेर बच्चाको पेट पाल्ने काम मात्र हुँन्थ्यो पढाई लेखाई त उस्लाई कुनचराको नाम हो भनेझैँ थाहानै थिएन ।

जब सम्म सरिरमा बल थियो उस्ले कत्ति प्रवाह गरेन, बचाउँने कुरा पनि थिएन उ एक प्रकारको सर्वहारा नै हो ।

केही गाउँलेहरुले राम्रा राम्रा चौर आफ्नो कब्जामा ल्याए, कसैले पसु चरन र नुन थलामा पनि कब्जा गरे, तर उ ईमान्दार रहयो । उस्ले एक ईञ्च जमिन कब्जा गरेन । आफ्नो पसिना बगाएर बाल बच्चा हुर्कायो ।

एक थाउँमा एउटाले तराई तिर झर्दा एउटा स्यानो पाटो उस्लाई दिएको थियो तर त्यो एउटाले चलाखि गरेर खोस्यो तरपनि बराजुकै मर्जि उस्ले केहि गर्न सकेन । उ यति बलियो थियो स्यान स्यानो गरु उचाल्न सक्थ्यो तरपनि कसै सँग झग्डा गर्न सकेन । लडेन उसैलाई ठगे उस्ले सबैलाई आर्को जनममा सजाए मिल्छ भन्नेमा ढुक्कै थियो ।

अन्तिममा फेरी सबै गाउँले मिलेर एउटा पाटो चौर दिएका थिए । त्यँहा एउटा बुकुरो हालेर बस्यो । उसँग न ता लाला बाला न बिना मल जल खेतिनै हुँन्थ्यो । उस्ले मिहेनत गर्थ्यो तर अन्न फल्दैनथ्यो फलुस पनि कसरी मल जल केहि थिएन । परिणाम उस्ले त्यो बारीको त्यति सुसार गर्न सकिन । आर्काकै काम मा जोड लगाउँदै आयो । उस्को पौरखले अरुले बर्षभरी खाने अन्न उबाजे तर उस्को त्यो बारी पनि बिस्तारै बाँचिदै गयो । आफ्नै बारीमा अरुको बारीमा जस्तै मिहेनत गरेको भय अबस्यपनि उस्लाई आर्काको घरमा बाँदा जस्तो हुँनु प्रदैनथ्यो ।

अहिले साहुको बारीमा भोकै हलो चलाउँनु प्रदा मन मनै सोँचेकोछ कास आफ्नै बारीमा यति मिहेनत गरेको भय केहि फलथ्योहोला । नेपाली हरु खै कुन्नि किन आफ्नो लागि भन्दा आर्काको लागि मिहेनत बढि गर्ने परमपरानैछ ।

लतरे आईज आटो खान ! साउनिले टपरीमा आटो लिएर आएकि थिन । उस्ले पहिले गोरुलाई फुकाउँछ र गरु पानी पिउँन नजिकै कुवामा जान्छन । उ एउटा रुखको आस्न बसेरे आटो खान्छ । सुकाको सागको तरकारी र आटो उस्लाई खुबै मिठो हुँन्छ आखिर भोकनै ता हो । अरु भयपनि खाँदो होला तर साहुनीले एक टपरी ल्याएकि थिईन । त्यो खाई सक्यो न उन्ले सोधीन नहि उस्ले अरु माग्यो । जति ल्याएकि थिईन त्यो खाएपछि एकछिन त्यँहि आराम गर्छ एकैछिनमा पानी खाएर गोरु आउँछन उन्लाईपनि घाँस हाल्दिन्छ ।

अलिबेर पछि फेरी गोरुनारेर जोत्दै थियो, झमक्कै साँझ पर्दा सम्म साहुको बारी जोतेर लखतरान परेको लतरे घर पुगेपछि बच्चा बिमारीले फत्रे-फत्रे गरेको देख्छ । अब कता जाने बिना पैसा उस्ले बच्चालाई झारफुक गर्न लग्छ । गरीबको जिन्दगी यस्तै त हो । उस्का छोराहरु त्यति बलियो ता भयनन् तर कोई झाँक्री भए कोई उस्तै मज्दुरी गरेर ज्यान पाल्ने भय ।

लतरे बिमार पर्छ तरपनि उस्लाई हेर्न कोहीपनि आउँदैनन । बरु उस्लाई दिएको त्यो एउटा पाटोमा आर्को फटाहाको नजर पुग्छ । त्योपनि लतरेबाट खोसेर लग्छन । जिवन भरीको दुखःगरेको मिहेनत र ईमानदारीको नतिजा अन्तिममा बिना औषधी उपचार उस्को लिला पनि समाप्त हुँन्छ । (कथाका पात्रहरुको नाउँ काल्पनिक हो । यदि कसैको नाम सँग मिल्न गयो भने सयोँग मात्र हुँनेछ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *