सुरेश कुमार पाण्डे
मज्दुरहरुले पनि केही नजानी दुःख पाए,
राम्रो कुरालाई त कत्ति नमानी दुःख पाए ।
एक दिन कमाउँछन चारदिन फाल्टु बस्दा,
त्यो समय ब्यार्थै गएको नठानी दुःख पाए ।
उनै भएकाछन जुवा र मदिराको आदीपनि,
बिदेशमा खेरा फालेछन जवानी दुःख पाए ।
मरि मरी काम गर्छन साहु महाजनको पनि,
खर्च भन्दा थोरै हुन्छ आमदानी दुःख पाए ।
पिएर हल्लि खल्लि रक्सी रुन्छन बच्चाहरु,
यस्तै भयो गरिब गुर्वाको कहानी दुःख पाए ।
एक तर्फ गरिबी शोषण र दमन पनि उस्तैछ,
दीन भरी काम गर्दा पुग्दैन खानी दुःख पाए ।
गरीब र किसानले जिवन भर परिश्रम गर्छन,
कसैले गर्दैन उनिमाथी मेहरबानी दुःख पाए ।
