प्रतीक्षा के.सी
कोभिड–१९ नाम यसको रे
कोरोना भाइरस आयो रे
चिनबाट जन्म भई धेरै मानिस खायो रे
कहिले हट्छ पनि थाहा छैन रे
कसरी निको हुन्छ पनि थाहा छैन रे ।
कोभिड–१९ भन्छन्
वैज्ञानिक जमाना भन्छन्
कोभिड के हो कुनै वैज्ञानिकलाई अत्तोपत्तो छैन
काम सबै ठप्प छ
हात मुख जोड्न कठिन छ
भन्न थाले अब नखाइ ब्रत बस्नु पर्छ ।
कोभिड–१९ कस्तो आयो
ठुलो महामारी बनेर छायो
हैरान पार्याे स्कुल नखुलेर
अब खुल्ला कि भन्यो खुल्दैन
मार्न लागे दिन्न सारी सारी
ज्यान कसरी बचाउने हो
ज्ञान कसरी बढाउने हो ?
सरकार भन्छ स्कुल बन्द
वैदेशिक नाका खुलाउ
वैकल्पिक विधि चलाऊ
अनलाइन क्लासमा विद्यार्थीलाई भुलाऊ
गरिब देशका गरिब जनता छैन मोबाइल नेट
कसरी पढ्नु अनलाइन क्लास ए सरकार गाउँ हेर ।
खुलेका छन् अन्य क्षेत्र व्यापार चलेकै छ
हाम्रो स्कुल मात्र किन सधैँभरि बन्द
नपढेरै पास हुन्छौ पढ्नु किन पर्यो भन्छन्
बुद्धि भयो मन्द हजुर
स्कुल हुँदा बन्द ।
बन्नु थियो
एकदिन असल मानिस
बन्नु थियो
एक विद्वान् मान्छे
सपना पुरा हुन्छ कि हुँदैन
पक्कै पूरा होला
कोभिड–१९ बाट बाँचे ।
टुङ्गो छैन पढाइको
न टुङ्गो छ परीक्षाको
होटल रेस्टुरेन्ट चलेको छ
यातायात नि चल्छ
तेलविनाको दियो
आफै खै कसरी जल्छ ?
तीन साल भयो यो कोरोना
आउँछ फर्की फर्की
इष्टमित्र साथीभाइ हिँड्छन् तर्की
काले गोरे रिठ्ठे माइला
कोभिडले लग्यो
विश्वभरि अनौठाका
हाहाकार पार्यो ।
अरू के हो थाहा छैन
खोसो सबको चैन
शिक्षा क्षेत्र डामाडोल भो
हाम्रो विचल्ली भो ।
ड्रिम १०० ले आयोजना गरेको जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रतीक्षा के.सी.ले लेख्नुभएको यस कविताले तृत्तिय स्थान हासिल गरेको हो । के.सी. उमामहेश्वरी माध्यमिक विद्यालय प्युठानमा कक्षा १० मा पढ्नुहुन्छ । ड्रिम १०० ले असहाय बालबालिकाको उच्च शिक्षा अध्ययनका लागि सहयोग समेत गर्दै आएको छ ।
