> साहित्य सृजना > विद्यार्थी र कोरोना


विद्यार्थी र कोरोना

माधव बराल मगर

 

विद्यालय बन्द भयो
विद्यार्थी अलमलियो
वरिपरि बरालियो
बजार जान पनि पाएन
घरमा चैनले बस्न पनि पाएन ।

 

विद्यार्थी भएर हेर्दा
आशा थियो,
सपना थियो
देखिन छोड्यो कसैमा जाँगर
कोरोनाको निहुँ छ
किताब छैन स्कुल छैन
मात्र खाने जाँगर ।

 

भन्थे गुरुले
समय हुँदा सुतेर ठग्नेको
आफ्नै बन्नेछ पश्चातापको सागर
यहाँ हुन थाल्यो
ज्यान बच्ला नबच्ला डर ।

 

न रह्यो विधानै विद्यार्थीमा
न विद्यालय खोल्ने हिम्मत छ कसैमा
अनलाइनको हल्ला सुनाए
डिजिटल तयारी सुनाए
यथार्थ देखिएन कतै पनि
माना जुटाउन गाह्रो हुनेले
अनलाइन पढ्ने कसरी ?

 

मिहिनेतीको मिहिनेत साथमा
रहेन कुनै मूल्य
घरघरै थुनिए मानिस
छात्रवृत्तिमा पढ्ने सपना
सर्टिफिÞकेट थाप्ने सपना
सबै तुहिए विद्यार्थीका
कमाएर खाने सपना
सबै तुहिए मजदुरका ।

 

कोरोनाको बहाना देखे पनि
देखिएन रोकथामको उपाय
के गर्नु भनेर शिक्षा शिक्षा शिक्षा
मासिने भयो साक्षरता ।

 

थन्किए स्कुल जाने झोला
झोलामा बस्यो कमिलाको गोला
लाग्यो माकुराको जालो
तनाब देख्छु जताततै
साथीको देख्दिन पढाइमा लगाव
छैन मेरो पनि पढाइमा लगाव ।

 

कोरोना केही होइन भन्दाभन्दै
धेरैको जीवन गयो
जीवन रहनेको पनि बेहाल भयो ।
कतै लापर्वाहीले खायो आफैलाई
लापर्वाह देशले रुवायो हामीलाई ।

 

मास्कको ब्यापार मालामाल भयो
भ्याक्सिनको व्यापार झन् चर्को भयो
मास्क, साबुनपानीको कुरा खुब भयो
हात मुख जोड्न कठिन भयो
माक्स परको कुरा भयो
साबुन झन् परको कुरा भयो ।

 

कसैको व्यापार मालामाल
क्सैको भयो बेहाल
नेता गर्छन् कमिसनमा तानातान
कुर्सीले हानाहान
विद्यार्थी के गर्नु
सबै विद्यालय बन्दछन् ।

 

ड्रिम १०० ले आयोजना गरेको जिल्ला स्तरीय कविता प्रतियोगितामा माधब बरालले लेख्नुभएको यस कविताले शान्तवना पुरस्कार प्राप्त गरेकेो हो । माधव सरस्वती माध्यमिक विद्यालय, सरुमारानी –१ प्यूठानमा पढ्नुहुन्छ । ड्रिम १०० ले असहाय बालबालिकाको उच्च शिक्षा अध्ययनका लागि सहयोग समेत गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *