> राष्ट्रिय > प्युठानमा साहित्य/संगीत महोत्सव हुँदै, स्वर्गद्वारीमा उद्घाटन बाग्दुलामा समापन


प्युठानमा साहित्य/संगीत महोत्सव हुँदै, स्वर्गद्वारीमा उद्घाटन बाग्दुलामा समापन

प्यूठान । साहित्य परिषद प्यूठानले बृहत साहित्य/संगीत महोत्सव गर्न लागेको छ । जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार-प्रसार तथा प्रर्वद्धन गर्ने उदेश्यले साहित्य/संगीत महोत्सव गर्न लागिएको हो । असोज ११ गतेदेखि १३ गतेसम्म कार्यक्रम हुने साहित्य परिषद प्युठानका सचिव धुर्व गिरीले बताउनुभयो ।

 


असोज ११ गते धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीबाट उद्घाटन हुने कार्यक्रम असोज १३ गते बाग्दुलामा समापन हुनेछ । त्यसबीचमा झिमरुक गाउँपालिकाको ऐतिहासिक स्थान ओखरकोट र मल्लरानी गाउँपालिकाको मल्लरानीमा पुगेर कार्यक्रम गर्ने तालिका रहेको साहित्य परिषद प्युठानका सचिव धुर्व गिरीले बताउनुभयो ।

 

कार्यक्रममा देशका विभिन्न साहित्यक व्यक्तित्वहरुको सहभागि हुने आयोजकले जनाएको छ । लुम्बिनी प्रदेश तथा राप्ती साहित्य परिषदबाट समेत साहित्यीक श्रष्टाहरुको सहभागिता रहनेछ । कविता प्रतियोगिता सहित विभिन्न कला संस्कृति प्रर्दशन, खुल्ला रचना बाचन लगायतको कार्यक्रम तय गरिएको गिरीले बताउनुभयो ।

 

साहित्य परिषद प्युठानका अध्यक्ष नवराज आचार्यले जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा महोत्सवले थप टेवा पुग्ने उहाँको भनाई छ । महोत्सवबाट जिल्लाको कला सस्कृतिको समेत प्रर्वद्धन हुने उहाँको अपेक्षा छ । जिल्लामा पठन तथा लेखन संस्कृतिमा ह्रास आएकाले समेत महोत्सवले नयाँ पुस्तालाई समेत प्रेरित गर्ने उहाँले बताउनुभयो । कार्यक्रमका लागि विभिन्न व्यक्तिगत तथा स्थानीय तह लगायतका निकायबाट सहयोग जुटाएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *