> विचार > राजनीति र साहित्यिक यात्रामा विश्वेश्वरप्रसाद कोइराला


राजनीति र साहित्यिक यात्रामा विश्वेश्वरप्रसाद कोइराला

कमल प्रसाद पाेख्रेल

वी पी ले भने “सगरमाथा नेपालको हो र र सगरमाथाप्रति नेपाली जनताको भावना गाँसीएकोले पानी ढलुवा सिद्धान्तको आधारमा तय गर्न सकिने अवस्था छैन ।”

चाउएनलाईले  भने “चिनिया जनताको सेन्टीमेन्ट पनि छ । ”

यी माथिका वार्ताका हरफहरु २०१७ सालको वैशाखतिर तत्कालिन प्रधानमन्त्री वी पी कोइरालाको आमन्त्रणमा चीनका प्रधानमन्त्री चाउएनलाई र नेपालका जननिर्वाचित प्रथमप्रधानमन्त्री वी पी कोइराला बिचमा शितल निवासमा भएका वार्ताहरु बारेका हरफहरु हुन । नेपालमा अहिले आफ्नो भूमी कालपानी, लिपुलेख र लिम्पियाधुराको विषयलाई लिएर धेरै वहसहरु भए, अन्ततः नेपाल सरकारले संविधानको अनुसूची संसोधन गरेर र्सवसम्मत रुपमा गुमेको आफ्नो भूमी समेटी नयाँ नेपालको नक्सा निर्माण गरेको विषयलाई लिएर नेपाल र भारत सरकार बीच तिक्तता बढेको छ । आफ्नो अधिकार खोज्दा स्वाभीमानमा रहदा ठूल्दाइहरुको टाउको दुखाइ आजको मात्र होइन हिजो पनि भएको थियो भन्ने कुरा यो साो आलेखबाट प्रष्ट होस भन्ने पंक्तिकारको आशय हो ।

वि.सं. २०७१ साल भदौं २४ मा जन्मेका वी पी २०३९ श्रावण ६ गते स्वर्गारोहण भएका थिए । जीवनको लामो समयसम्म राजनीति गर्दै आएका वी पी भारतको स्वतन्त्रता आन्दोलमा पनि सक्रिय भए र कारागारवासी जीवन विताएका थिए । उनी नेपालको कारागार सुन्दरीजल जेल एवं लामोसमयसम्म प्रवासमा समेत बसेका थिए । आफ्नो दृढ सिद्धान्तमा कुनै समय पनि विचिलित नहुने र कसैसँग पनि झुक्न नजानेका व्यक्तित्वका धनी वी पी को आफ्नै विशेषता थियो । विश्वेश्वरप्रसाद कोइराला आफूलार्य साहित्यमा अराजकातावादी र राजनीतिमा प्रजातान्त्रिक समाजवादी सम्झन्थे । राजनीति र साहित्य दुवैमा शिखर चुम्न सफल अपराजित राजनेता आज उनको संस्मरण बाँकी छ । त्यही संस्मरण , संस्कृति र सस्कारलाई जसले आफ्नो जीवन पद्धतिमा उतार्न सक्दछ त्यसले अवश्य पनि यो दलदलमा भासिरहेको देशलाई जोगाउन सक्नेछ, देशको रक्षा गर्ने छ , राष्ट्रियता जोगाउन सक्ने छ । वी पी लाई राजा महेन्द्रले २०१७ साल पौष १ गते प्रजातन्त्र अपहरण गरी कारागारको बन्दी बनाएका थिए । उनी र तत्कालिन सरकारका मन्त्री सभामुख र प्रतिपक्ष दलका नेता कार्यकर्ता हरु कारागारमा बन्दी भए। कित प्रवासमा शरण लिन पुगे कति राजा महेन्द्रको कदमको स्वागत गर्दै दिपावल्ी गर्न पुगेका थिए । त्यस्तो अवस्थामा पनि साहित्यकार, कथाकार, आख्यानकार, वी पी का लेख, उपन्यास र कथाहरु विद्यालय तह र त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रममा समेत हुने गरेको छ । यो उनको स्वतन्त्र साहित्यिक यात्राको पाटो थियो । साहित्यमा प्रवेश गर्दा उनी स्वतन्त्र थिए । नेपाली साहित्यमा मनोविज्ञानको सुत्रपात गर्ने श्रेय समेत उनलाई नै जान्छ । साहित्य तर्फकोइरालाका ६ वटा उपन्यास २ वटा कथा संग्रह आत्म वृतान्त समेत प्रकाशित भएको । ‘चन्द्रबधन’  मनोवैज्ञानिक कथा लेखनबाट चलेको उनको साहित्यिक यात्रा अटुट रुपमा कथा तथा उपन्यासबाट समेत प्रस्फुटित भएको छ ।

उनको जीवनमा उनले लामो समयसम्म राजनीति गरे, एउटा मध्यम परिवारमा जन्मन पुगेका उनी आफ्नै वलबुताले साथीहरुको सहयोग लिदै राजनीतिमा अगाडि बढे, करिव डेढ वर्षदेशको प्रधानमन्त्री बन्न सफल भए, जीवनभर दृढ सिद्धान्तमा लागे र आफ्नो स्वार्थभन्दा प्राथमिकता देशको स्वतन्त्रता र प्रजातन्त्रको लागि दिए । छिमेकीसँग झुकेनन भारतको प्रवासमा रहेको अवस्थामा उनलाई धेरै समस्याहरु पनि आए । प्रवासबाटै राष्ट्रिय मेलमिलापको नीति लिई २०३३ पौष १६ मा नेपाल प्रवेश गरे, गिरफ्तार गरियो, जेल जीवनमा पुनः बस्नु पर्यो । प्रजातन्त्रको शंखनाद गरिरहे, गरिरहे । त्यसैको प्रतिफल आज मुलुक गणतन्त्रमय भएको छ , नयाँ नेपालको संविधान आएको छ, अब नेपालीले राजनीतिक अधिकारको लागि सहिद हुनुपर्ने अवस्थाको पुनरावृत्ति हुन न परोस भन्ने अपेक्षा पूरा भए मात्र उनको सपना साकार हुन जानेछ ।

नेपाली राष्ट्रियताको कुरा गर्दा वी पी मा जे थियो त्यो कसैले नकार्न सक्दैनन् । वी पी भारत मै बसीरहेको समयमा डा. राममनोहर लोहिया जी ले तिमी भारतको नागरिकता लेऊ, हामी समाजवादीहरुले तिमीलाई यहाँ -भारत) को प्रधानमन्त्री बनाउँछौ । भन्दा वी पी ले तत्कालै जवाफ दिएका थिए, “म ज्याला मजदुरी गरेर भए पनि त्यो सानो देश नेपालमै बस्छु, क्षमा गर्नु होला । ” डा. लोहियाले ‘तुम बुद्धीहीन हो । ‘ भनेका थिए । त्यस्तै एक दिन वी पी कोइराला सुन्दरीजल जेलमा थिए दिल्लीमा एक पटक नेहरु जी को वैठकमा वी पी कै बारेमा कुरा भै रहेको थियो । वैठकमा विभिन्न व्यक्तिहरुले विभिन्न कोणबाट वी पी कै विषयमा टीका टिप्पणी चलिरहदा उनलाई कोही नेताहरुले एन्टी इन्डियन, वैगुनी भनेर नकारात्मक शब्द प्रयोग गरेको समयमा प्रधानमन्त्री जवाहलाल नेहरुले जागेर “वी पी कोइरालाले हिन्दुस्थानको आजद के लिए हमारे साथ आन्दोलन किया, जेल गया, आप लोग ने उनको क्या किया – क्या दिया – आपलोक क्या जाने – अगर व नेपाली नहोकर भारतीय रहला, यहाँ नेहरुका जन्म नही होता । ”  भनेपछि सबै चुप भएका थिए यसरी भारतीय देश र नेताहरुको अगाडि उनको व्यक्तित्व निकै उठेको यर्थाथता थियो । त्यसै विनाकर्म वी पी लाई समाजवादी नेता स्वाकारिएको थिएन, पछि त्यही व्यक्तित्व -वी पी ) दक्षिण एशिया मै हैवी हुन थालेका अवस्था नजर अन्दाज गरी सम्भवत २०१७ पौष १ गतेको घटना घटाउनँ राजा महेन्द्रलाई पनि बाध्यता भएको हुन सक्दछ  र उनलाई त्यो कदम चाल्न सहयोग प्राप्त भएको हुन सक्दछ ।

२०१५ सालको आम निर्वाचन पछि वी पी कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधामन्त्री बन्ने अहोभाग्य प्राप्त गरेको केही महिना पछि जनतान्त्रिक चीनका प्रधानमन्त्री चाउएनले चीन भ्रमणको निम्तो पठाएका थिए । त्यस समयमा वी पी का साथमा गणेशमान सिंह, र्सर्ूयप्रसाद उपाध्याय, र शुशिल कोइराला पनि गएका थिए । त्यहाँ एक दिन बढो संागीन वातावरणमा त्यहाँका महान नेता अध्यक्ष माओत्सेतुङ्ले सगरमाथालाई साझा बनाउने प्रस्ताव अगाडि राखे वी पी कोइरालाले निर्भिक भएर भने “सम्पर्ूण्ा सगरमाथा क्षेत्र अन्तराष्ट्रिय मान्यता प्राप्त नक्सामा नेपालको भनेर देखाइएको छ । नेपालको मात्र हो । ” भनेर अडान लिएका थिए, वी पी को त्यो अडान, साच्चैको राष्ट्रियताको चुरो थियो । राजनीतिक दृढता थियो स्रि्र निर्ण्र्ाागर्ने शक्ति थियो ।

यसरी राजनीतिमा मात्र होइन वी पी कोइराला वि.स. १९८७ देखि हिन्दीमा लघुकथा लेखेर आख्यान विधामा प्रवेश गरेका थिए । वि.सं. १९८७ मा प्रेमचन्दको सम्पादनमा निस्कने हंस मासिकको वर्ष१ अङ्क ७ मा उनको ‘वहाँ’ शीषकको हिन्दीमा लिखित लघु कथा छापिएको थियो । त्यस्तै १९९२ को शारदामा प्रकाशित ‘चन्द्रवदन’ कथा नेपाली साहित्यम प्रथम आधुनिक मनोवैज्ञानिक कथा थियो । वि.सं. १९९५ को कथा कुसुममा उनका विहा, शत्रु र सिपाही शर्ीष्ाकका मनोवैज्ञानीक कथाहरु प्रकाशित हुदै आएका थिए । उनका ‘दोषी चस्मा’ -२००६) र ‘श्वेत भैरवी’ -२०१८) गरी दर्ुइ कथा सङ्ग्रह प्रकाशित छन् भने ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’ ‘सुम्निमा’ ‘मोदी आइन’ ‘हिटलर र यहुदी’, ‘बाबु आमा र छोरा’ गरी ६ वटा उपन्यासहरु प्रकाशित भएका छन् । उनको साहित्यि यात्रा १९८७ – १९९५  पहिलो चरण, १९९६ – २००६ सम्म दोस्रो चरण र २००७ -२०३९ सम्म तेस्रो चरण हुदै अगाडि बढेको पाइन्छ ।

उनी स्वछन्दतावादी यर्थाथवादी वस्तु तथा प्रारम्भिक शिल्प चेतना भएका व्यक्तित्व थिए भने यौनवादी मनोवैज्ञानिक विषयवस्तुको चयन गरेको पाइन्छ । उनी आधुनिक नेपाली कथा साहित्यमा मनोवैज्ञानिक एवम् असामान्य मनोवैज्ञानिक कथाका स्रष्ट्राका रुपमा लिन सकिन्छ, उनले राजनीति र साहित्यमा देखाएको मार्ग, उनको समाजवादको आर्दशताको नजिक मुलुकलाई पुर्याउने सकिएमा मात्र सच्चा वी पी प्रतिको श्रद्धाञ्जली हुनेछ । वी पी नेपालका राजनीतिक आदर्श व्यक्तित्व थिए । आज त्यो उनको आदर्शता भजाई खाने भाडो हुन पुगेको छ । दुःखको कुरा छ , उनैका अनुयायी लामो समयसम्म सत्तामा आसिन हुँदा पनि समाजवादको आदर्शताको नजिक मुलुकलाई पुर्याउने प्रयत्न भएन, अहिले सत्तामा आशिन छन् । उनी सबैका राजनीतिक आदर्श व्यक्तित्व भएकोले सत्ता पक्ष वा प्रतिपक्ष सबै एक जुट भै राष्ट्र राष्ट्रियताको संरक्षण गर्दै नेपाली मात्रलाई सुखी बनाउने सकेमा मात्र सच्चा वी पी को श्रद्धाञ्जली हुन जानेछ ।

(सर्न्दर्भ १०७ औं जन्म जयन्ती स्मृति दिवस)

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *