१. सरकारले लक डाउनमा थप कडाई गरको छ ? त्यसका लागि तपाईको स्थानीय तहले कसरी काम गर्दैछ ?
सरकारको लक डाउनको नीति सहि छ, यसलाई पालना गर्न गराउन हामी प्रतिवद्ध छौं । सोही अनुरुप सबै वडा, टोल र वस्तीमा हामी क्रियाशिल छौं । लकडाउनको सुरुको चरणमा प्यूठानको प्रवेशद्धार सरुमारानी गाउँपालिका स्थित दर्भानमा जिल्लास्तरकै हेल्प डेस्क पनि सञ्चालनमा आएको थियो त्यहाँबाट क्वारेन्टाइनमै राख्ने काम नगरेतापनि चेकजाँचले जनमानसमा मनोवैज्ञानिक राहतको काम गरेको अनुभूति भएको छ ।
अहिले गहुँबाली भित्र्याउने समय छ । यो बेला त्यति ठुलो परिमाणमा भिडभाड हुने अवस्था हाम्रोमा छैन र लकडाउन उल्लंघन हुने समस्या छैन । आफ्नो घरको परिवार मिलेर खेती सम्हाल्नु भएको छ । लक डाउनमा अहिल बढी कडाई नै छ । भित्र भित्र सामान्य रुपमा चल्ने बाइकलाई पनि हामीले कडाई गरेका छौं । निगरानी गरेका छों । देखेपछि फोन गरेर किन हिँडेको कहाँ हिँडेको भनेका छौं । यसले गर्दा अलि बढी कडाई नै भयो कि स्थानीय सकार पनि वढी नै लाग्यो कि भन्ने हिसावले पनि लिनुभएको छ कि जस्तो लाग्छ तर यो गुनासो गर्ने बेला होइन यो सबैको लागि हो । आफु बाँच्न र बँचाउनको लागि गरेका प्रयत्न हुन भन्ने अर्थमा आम रुपमा बुझाई भएको छ भन्ने लाग्छ ।
२. लक डाउनकै कारण समस्यामा परेका मजदुर, असहायको पहिचान र राहत वितरण के कसरी हुँदैछ ?
राहत वितरणको लागि कार्यपालिकाले मापदण्ड पारित गरेको छ । यसको कार्यान्वयन वडाले गर्छ । मापदण्डमा मजदुरी गरेर खाने भन्छ तर, कतिपय अवस्थामा मजदुरी नगर्ने वर्ग जस्तो, एकल, बृद्धवृद्धा, र अतिपिन्न यो अवस्थामा चुलै नबल्ने अवस्था भएकालाई छनोट गरेका छौं । वितरणको सम्पूर्ण जिम्मा वडा समितिलाई दिएका छौं । उहाँहरुले निर्णय गरेर छनोट गर्नुहुन्छ ।
हाम्रो पालिकामा राहत वितरण वडा मार्फत भएको छ । तथ्यांक संकलन अनुसार १२० परिवार भएतापनि स्थानीय उद्योगी, व्यापारी, स्थानीय व्यक्तिबाट पनि राहत संकलन भएको हुनाले आवश्यकताको आधारमा २६० भन्दा परिवारलाई वितरण भइसकेको छ ।
तीन जना र सो भन्दा बढी सदस्य भएको परिवारलाई २५ केजी चामम, २ दाल, २ लि. तेल, नुन २ केजी, साबुन चार २, हा २, नु, वितरण गर्ने र दुई वा सो भन्दा कम सदस्य परिवार हुनेलाई ठिक आधा मात्राको दरले राहत सामाग्री वितरण गरेका छौं । जसमध्ये वडा १ मा ४६ परिवार, २ मा १३४ परिवार, ३ मा ३१ परिवार, ४ मा २६ परिवार, ५ मा १३ परिवार र ६ मा १० परिवारलाई राहत वितरण गरिएको छ ।
लक डाउन हट्ने स्थिती छैन्, थपिने क्रममै छ । छिटपुट रुपमा अव त हामी पनि पीडित भयौं कि भन्ने जनगुनासो आएको छ, अव दोस्रो चरणको राहत विरणको लागि तुरुन्तै बठैक बस्दैछौं र राहत वितरण गर्छौं ।
जनताको गुनासो यो अवस्थामा राहतमा अलि बढी हुँदो रैछ । अप्ठेरो सबैलाई छ । बुझाइको कमी पनि छ । पहिलो प्राथमिकता भनेको साह्रै विपन्न, जसलाई पसलमा उधारो पताउँदैनन्, आयस्रोत छैन, काम गर्ने बातावरण छैन त्यस्तालाइ हो । यो सबैलाई हैन । कतिपयले हामीले पनि पाए हुन्थ्यो भन्ने पनि देखिन्छ । यो लक डाउनको समयमा मान्छेले भविष्य अनिश्चित देखेको छ । यस्तो अवस्थामा अहिले पाए पछिलाई सजिलो हन्थ्यो की भन्ने पनि छ । लक डाउनको यो समयमा प्रभावित कसैलाई पनि भोकले मर्न दिँदैनौं ।
३. क्वारेन्टाइनको अवस्था के हो ? बाहिरबाट आएका कति हुन ? कति बसेका छन ? किन बस्न मानेनन ?
२५८ जना भारतबाट जना ३ दुवई र १ जना मेलसीयाबाट २६२ जना बाहिरी मुलुकबाट हाम्रो पालिकमा भित्रिनु भएको छ । क्वारेन्टाइनमा हामीले भर्खर राखेका छौं । ३ जना क्वारेन्टाइनमा बस्नु भएको छ । काठमाण्डौबाट २ जना र दांगबाट आउनु भएको १ जना हो । लक डाउनको बेला छिटपुट रुपमा आउनु भएको छ । हामी सँग क्वारेन्टाइ तयारी अवस्थामा छन्, अव भारत तथा अन्य मुलुकबाट आउनेलाई सिधै क्वारेन्टाइनमा राख्छौं । यस्तो अवस्थमा कतिपयले रोग लागेर राखेको होकी भन्ने पनि लाग्न सक्छ तर समुदायले धेरै बुझेको अवस्था छ, बाहिरबाट आएपछि बस्नुपर्ने रैछ भन्ने । नकारात्मक सोंच्ने अवस्था छैन अहिले ।
४. अहिलेको महामारीमा जनताले स्थानीय सरकारको अनुभुती गर्न पाए त ? कसरी
अहिले नजिक बाट जनतालाई सम्झाउने गरिएको छ । यसको साथसाथै मास्क विरतण गर्ने, राहत वितरण गर्ने गरिएको छ । यस्तो अवस्थामा जनताले सकारात्मक रुपमा लिएको जस्तो लाग्छ । भोली दिनमा अझ भयाभह परिस्थित आएतापनि स्थानीय सरकारले नै सबै कुराको लागि अगाडी सर्छ भन्ने हिसावले आशावादी भएको जस्तो लाग्छ ।
एक हजार थान मास्क वितरण ग¥यौं । त्यसमा स्थानीय युवाबाट थप भई २ हजार बढी मास्क विरतरण भाछ । रेडियोबाट कोरोना नियन्त्रण सम्बन्धी सन्देश प्रवाह गरेका छौं । पर्चा पनि छपाएर वितरण गरेको छौं । अहिले हामी घर–घरमा गएर सामाजिक सुरक्षा भत्ता वितरणमा लागेको छौं । भिडभाड नगरेर आवश्यक कर्मचारी र एक जना जनप्रतिनिधि वढीमा ३ जना रहने गरी, सँगै मास्क पनि दिएका छौं ।
कोरोना उपचार तथा नियन्त्रण कोष छ । विपद व्यस्थापन कोष र अन्य शिर्षकबाट बजेट विनियोजन गरेर कोरोना नियन्त्रणको लागि हामीले १५ लाख बजेट छुट्याएका छौं ।
५. यो महामारी नियन्त्रणका लागि स्थानीय तहलाई के सहयोग आवश्यक छ ?
सबै स्थानीय तहमा १५ सैयाको अस्पताल बनेको हुनुपर्छ । यो ठूलो शिक्षाको रुपमा लिन आवश्यक छ । स्थास्थ्य चौकीको क्षमता, जुन खालको जनशक्ति छ, हामी सँग एमविविएस डक्टरको व्यवस्था छैन यो ठूलो चुनौती हो ।
कतिपय ठाउँमा झ्यालबाट औषधी फाल्ने अवस्था देखीयो । सुरुको अवस्थामा सम्पूर्ण स्वास्थ्य सामाग्री विना सामान्य विरामीले समस्या भोग्नु बाध्यता देखिन्छ, यस्तो अवस्थामा स्वास्थ्य संस्थाका पुर्नसंरचना गर्नुपर्ने देखिन्छ । भौतिक संरचना, जनशक्ति र आफु सुरक्षित सेवा प्रवाह ।
विपत सँग जुझ्ने प्रतिकार्य योजना निर्माण गर्ने कुरामा नि सिंगो देशको ध्यान जान आवश्यक छ । देशले नै विपद सँग जुझ् योजना बनाउनु पर्छ । शक्तिशाली देश इटली, चाइना, अमेरिका देशको शिक्षाको रुपमा लिन पर्छ । यो विश्वापी रुपमा सोंच्नु पर्ने जस्तो लाग्छ । हाम्रो सन्दर्भमा नेपाल सरकार र सम्पूर्ण स्थानीय तहले विपद प्रतिकार्य योजना बनाउन पर्छ भन्ने लाग्छ ।
पीपीई महामारीको चरण चाहिने कुरा हो । जहाँ उपचार हुन्छ त्यहाँ बढी चाहिने कुरा हो । हामी पनि यो कुरामा विशेष जोड दिएर तयारी गरेका छौं । स्थानीय रुपमा पनि बनाएको छौं । केही काठमाण्डौ, केही नेपालगन्जबाट जोहो गरेको छौं । केही जिल्लास्तरबाट पनि प्राप्त भएका छन् ।
तत्कालको लागि ज्वरो नाप्ने गन थर्मोमिटर, र्यापीड डाइग्नोष्टिक टेष्ट लगायतका गुणस्तरीय सामग्री आवश्यक छ । सरुमारानी गाउँपालिका प्यूठान जिल्लाको मुख्य नाका पनि भएकोले यहाँ बढी भन्दा बढी सतर्कता अपनाउन जरुरी छ ।
प्रस्तुती : कमल वि.क.