> विचार > मार्च–८ र नारी दिवसको आबश्यकता


मार्च–८ र नारी दिवसको आबश्यकता

सरद बिष्ट
आज, मार्च ८ मा विश्वका धेरैजसो मुलुकमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी दिवश भनेको के हो? यो दिवश किन मनाइन्छ भन्नु भन्दा पहिले नारी को हुन् ?सर्वप्रथम यस्को विशाल अर्थ थाहा पाउनु पर्दछ । त्यसैले नारी भनेको हेमाङ्खराज अधिकारीले प्रधान सम्पादक गरेको नेपाली वृहद् शब्दकोष अनुसार नरंई.नारी भन्ने हुन्छ । जुन तत्सम शब्द हो । जस्को अर्थ महिला, स्त्री, आइमाई, स्वास्नीमान्छे र सिंगो नारीजाति भनेर उल्लेख गरेको छ ।

यो दिवश संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको एउटा कपडा उद्योगमा सन्१८५७ मार्च ८ आजकै दिन महिलाहरुले पनि पुरुष सरह नै ज्याला पाउनु पर्दछ भन्दै पहिलो पटक एकजुट भएर आन्दोलनमा सहभागी भएका थिए । उक्त मिलमा सन् १८६० मार्च ८ मा यिनै महिलाहरुले राष्ट्रियस्तरको पहिलो महिला सम्मेलन सम्पन्न गरेका थिए । फ्रान्सको पेरिस सहरमा पनि सन् १८८९ मार्च ८ मा पहिलो अन्तराष्ट्रिय स्तरको महिला सम्मेलन भएको थियो । अमेरिकाको सिकागो शहरमा सन् १८९७ मार्च ८ कै दिन महिला अधिकारका लागि विशाल आमसभा, जुलुस र हडताल भयो । उक्त आन्दोलनका मागहरुमा पुरुष समान ज्याला पाउनुपर्ने, १० घण्टा भन्दा बढी कामको विरोध, मातृशिशुको अधिकार, मजदुर संगठनमा महिलाको पनि मताधिकार हुनुपर्ने आदि विषयहरुको उठान भएको थियो ।
सन् १९७६ लाई संयुक्त राष्ट्रसंघले मार्च ८ लाई अन्तराष्ट्रिय नारी दिवसका रुपमा घोषणा गर्यो । विश्वका झण्डै १८९ सरकारका प्रतिनिधिद्धारा हस्ताक्षरित सन् १९९५ को बेइजिङ घोषणापत्रले प्रत्येक महिलाले इच्छा अनुसाार राजनितीमा भाग लिन पाउने, शिक्षा आर्जन गर्न पाउने, कुनै पनि लैङ्कि विभेद र हिंसाको सिकार नभई समाजमा स्वतन्त्र रुपमा वाँच्न पाउने अधिकारसहितको ऐतिहासिक कदमको निर्णय गरयो । जुन निर्णय महिला हकहितको लागि विश्वभर लागु हुदै गयो ।

विश्वका अन्य देशहरुमा झै प्रत्येक वर्ष हाम्रो देश नेपालमा पनि अन्तराष्ट्रिय नारी दिवश भव्यताका साथ मनाउने गरिन्छ । तर, दुःखको करा के छ भने आम नेपाली महिलाले आफ्नो लैङ्गिक अधिकारको समानताको अनुभूति पूर्ण रुपमा सुरक्षित गर्न पाएको देखिदैन । सरसर्ती हेर्दा महिलाले समानताको लडाई शुरु गरेको एक शताव्दीभन्दा बढी भईसकेको अवस्थामा समेत महिला बिरुद्धको शोषण, असमानता ,विभेद,बलात्कार र एसिड आक्रमण जस्ता जघन्य अपराध पनि एक्काइसौ सताब्दीसम्म आईपुग्दा पनि अन्त्य भइसकेको छैन । त्यसमा पनि हाम्रो जस्तो पुरुष प्रधान देशहरुमा त अझै धर्म,संस्कृति रपरम्पराको नाममा महिलामाथि विभेद र शोषण कायमै छन् ।
हाम्रो जस्तो विकासोन्मोख देशमा ग्रामीण अर्थतन्त्रको मेरुदण्ड महिला नै रहेका छन् । गाँउघरमा वसोवासको दृष्टिकोणले पनि हेर्दा प्राय महिला नभएको घर नै हुदैन । पुरुषहरु कमाउन विदेशतिर जाने भएकोले गाँउघरमा महिलाहरुको बर्चश्व धेरै छ । तरपनि, महिलालाई समाजले हेर्ने दृष्टिकोण नै नीच खालको भएकोले आफ्नो आवाजहरु वुलन्द गर्न सक्दैनन् । नेपाली महिलाहरुको विडम्वना यही छ । भागीरथी भट्ट र निर्मला पन्तको वलात्कार पछिको हत्या त देशको उदाहरण मात्र हुन । कति महिला दिदी बहिनीहरु दिनमा बलात्कृत हुन्छन ?, कति वालिकाहरुको दिनमा वाल विवाह हुन्छ ?, कति वुहारी चेली कर्मघरवाट पिडित हुन्छन् ?,कति महिलाहरु प्रसवको पिडा वढी भएर मर्छन ? कति महिला भारतको शहरमा बेचिएका छन् ? कति नेपाली महिलाहरु विदेशको खाडी मुलुकमा साना वाल वच्चाहरु छोडेर काम गर्न वाध्य भएका छन्? कति वालिका र महिलाहरु शिक्षाको उज्यालो घामवाट वञ्चित भएका छन् त्यसको वारेमा सरकार नै वेखवर होला ।

नेपालमा, मार्च–८ को दिनलाई नारी दिवशको रुपमा मनाउनु पर्दछ भनेर मात्र अर्थ हुदैन । देशभर आमसभा, नारा जुलुस गरेरमात्र महिलाहरुको अधिकार सुनिश्च्ति हुदैन । नेताहरुले भाषण गर्दैमा महिलाहरु सुरक्षित हुन्छन भन्ने कुरा ग्यारेन्टी छैन् । पार्टी प्यालेस र तारे होटलमा महिला अधिकारका वारेमा कुरा र वहस गरेर सम्भव छैन । महिला अधिकारका लागि देशैभर महिला जागरण ल्याउनु पर्दछ । संविधानमा महिला अधिकारका धारा र उपधारा लेखेर मात्र हुदैन् । कार्वान्वयनको लागि राज्यका सबै निकायहरु कृयाशील हुनुपर्दछ ।
महिलाहरुलाई समाज र सिंगो देशमा हेर्ने दृटिकोण त्यति रामे छैन् । त्यही भएर नै महिलाहरु राज्यको हरेक निकायमा पछाडी परेका छन् । भन्ने वेलामा महिलाहरु देशको आधा धर्ति हुन भन्ने तर, व्यवहारमा त्यसो गरेको पाइदैन् । कतिपय ठाँउहरुमा महिलालाई वोक्सीको आरोपमा गाई,वस्तुको गोवर र मलमुत्र खुवाएको कारुणीक खवरहरु पत्रपत्रिकामा आउछन । नारीलाई प्रयोग गरिने शव्दहरु आइमाई, स्वास्नी मान्छे, वेश्य, राडी, वोक्शेनी, विधुवा जस्ता शव्दहरु आफैमा घृणित छन् । यही शव्द सञ्जालले नै महिलाहरुलाई संकुचीत घेरामा राखेको छ ।
अवको नारी दिवश मनाउनु भनेको देशमा नयाँ जागरण ल्याउनको लागि देशैभरका महिला दिदी–वहिनीहरु एकजुट हुनुपर्दछ । महिला नै महिलाको शत्रु भएर होइन्, मीत्र भएर अगाडी बढ्नु पर्दछ । हिमाल,पहाड र तराईका सबै क्षेत्रमा वसोवास गर्दै आउनु भएका महिला दिदी–वहिनीहरुको विषयमा हरेक दिन नयाँ जागरण, नयाँ अभियान र नयाँ शशक्तिकरणका साथ मुलुक अगाडी बढ्यो भने मार्च–८ र नारी दिवश मनाउनुको अर्थ र सार्थकता रहन्छ । देशमा शान्ति, समृद्धि र शुशासनको पनि प्रत्याभूति हुन्छ । (लेखकः लोक चेतना एकेडेमी विद्यालयको माध्यमिक तहमा सामाजिक बिषयमा कार्यरत हुनुहुन्छ ।)

 

लेखक परिचय
नामः सरद बिष्ट
ठेगानाः स्वर्गद्धारी न.पा. –३, प्यूठान
शैक्षिक योग्यता ः बि.ए.÷बि.एड.(अंग्रेजी)
पेशा ः शिक्षण र साहित्यक रचना प्रकाशन
फोन नं. ः ९८४७८३४७२१ इमेलःsarad.nature@gmail.com

(बिभिन्न राष्ट्रिय स्तरका पत्रिकाहरुमा थुप्रै साहित्यिक लेख रचनाहरु प्रकाशित भईसकेका छन)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *