> आर्थिक > स्वर्गद्धारीको विविधता


स्वर्गद्धारीको विविधता

प्रज्वल पहाडी

प्यूठान – धार्मिक आस्थाको ऐतिहासिक केन्द्रविन्दु । रमणीय तथा आनन्दित क्षेत्र । पर्यावरणीय हिसाबले सुन्दर, प्यूठानसँगै छिमेकी जिल्लाका हिमश्रृंखलाको आकर्षक दृश्यहरुको अवलोकन गर्न सकिने । यस्तै विधिताले भरिपूर्ण र परिचित छ स्वर्गद्वारी । प्यूठानस्थित स्वर्गद्वारी नगरपालिकामा छ स्वर्गद्वारी । पहाडको टाकुरामा वरिपरि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण जंगल छ भने थुम्कोमा मुख्य मन्दिर छ । पाँच पाण्डवले स्वर्ग जाँदा अन्तिम स्थान यही बाटो भएर गएको किम्वदन्तीले पनि स्वर्गद्वारीको गरिमा थप बढेको पाइन्छ । प्यूठान । धार्मिक आस्थाको ऐतिहासिक केन्द्रविन्दु । रमणीय तथा आनन्दित क्षेत्र । पर्यावरणीय हिसाबले सुन्दर, प्यूठानसँगै छिमेकी जिल्लाका हिमश्रृंखलाको आकर्षक दृश्यहरुको अवलोकन गर्न सकिने । यस्तै विधिताले भरिपूर्ण र परिचित छ स्वर्गद्वारी ।
प्यूठानस्थित स्वर्गद्वारी नगरपालिकामा छ स्वर्गद्वारी । पहाडको टाकुरामा वरिपरि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण जंगल छ भने थुम्कोमा मुख्य मन्दिर छ । पाँच पाण्डवले स्वर्ग जाँदा अन्तिम स्थान यही बाटो भएर गएको किम्वदन्तीले पनि स्वर्गद्वारीको गरिमा थप बढेको पाइन्छ । समुन्द्र सतहदेखि ७ हजार फिट उचाईमा पर्ने स्वर्गद्वारी धार्मिक आस्थामा जति बलियो छ, पर्यटकीय आकर्षणमा समेत उत्तिकै अब्बल मानिन्छ । यहाँ आउने पर्यटकहरु यहाँको पर्यावरणीय आकर्षणसँग सामिप्यता गाँस्दै रमाउने गर्छन् ।

उचो स्थानमा अवस्थित भएका कारण गर्मी समयमा समेत यहाँ शितलता प्राप्त हुने गर्छ । धार्मिक हिसाबमा स्वर्गद्वारीको भ्रमण तथा यहाँआएर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने बलियो जनविश्वास रहँदै आएको छ । यसै कारणले पनि वार्षिक झण्डै ५ लाख पर्यटक तथा तीर्थयात्रीले स्वर्गद्वारी दर्शन गर्ने गरेको पाइन्छ । रोल्पा जिल्लाको रुम्टी गाउँमा वि.सं. १९१६ जन्मेका १०८ महाप्रभु बालतपश्वी श्री नारायण गौतम १९५१ मा स्वर्गद्वारीमा आएपछि वेदका मन्त्रद्धारा अग्नी प्रज्वलित गरी १९५२ वैशाख पूर्णिमादेखि अखण्ड महायज्ञ सुरु गरेको ऐतिहासिक महत्व पाइन्छ । विश्व शान्तिको लागि संचालित अखण्ड धुन तथा दिप हालसम्म पनि निरन्तर रहेको आश्रमका व्यवस्थापक बासुदेव भट्टराई बताउँछन् । स्वर्गद्वारीमा आउने पर्यटक तथा तीर्थयात्री यहाँको सुन्दर प्राकृतिक सौन्दर्यमा आनन्दित हुने गर्छन् । उचो भूभागमा अवस्थित यस स्थान प्राकृतिक हिसाबले पनि अब्बल मानिन्छ । आश्रम वरपर रहेको प्राकृतिक सुन्दरता, वनजंगल, गुराँस फूल तथा विभिन्न प्रजातिका बोटबिरुवा सहितको प्राकृतिक वातावरणले पर्यटकको मन जित्ने गर्छ ।


यहाँबाट प्यूठानका विभिन्न भू–भागसहित छिमेकी जिल्ला तथा त्यहाँ अवस्थित हिमश्रृंखला सहितका हिमालहरुको अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण, धौलागिरी, मनास्लु लगायत हिमालहरु देख्दा जो कसैको मन थप आनन्दित हुन्छ । हिन्दू धर्मावलम्वीहरुले स्वर्गद्वारीमा आएर पूजाआजा गर्ने गर्छन् । आफूले चाहेको मनोकांक्षा पूरा हुने जनविश्वासका साथ उनीहरुले पूजा गर्दै आएका हुन् । दैनिक नेपालका विभिन्न क्षेत्रसँगै भारतका विभिन्न क्षेत्रबाट मन्दिरको दर्शन गर्न आउने गर्छन् ।
आश्रमका अनुसार पूजाआजाका लागि नेपाली भन्दा भारतीय मूलबाट आश्रममा घुइँचो लाग्ने गर्छ । मन्दिर दर्शन, विभिन्न वस्तुहरु चढाउने र पूजाआजा, विवाह, ब्रतवन्ध लगायत कार्यका लागि तीर्थयात्रीहरु आउने गरेका हुन् । आश्रममा दैनिक पूजापाठ चल्ने गर्छ । गौमाताका रुपमा आश्रममा झण्डै ५ सय गाई पालिएका छन् । आश्रमको सँगै जोडेर पालिएका गाईहरुले समेत पर्यटकको मन थप आकर्षण गर्न सहयोग गर्दै आएको छ । गोठमा लहरै लागेर बस्ने गाईहरुको दर्शनमा समेत पर्यटकहरु रम्मे गर्छन् ।पछिल्लो समय गाईको मूूत्रलाई प्रशोधन गरी औषधिको रुपमा प्रयोग गर्ने व्यवस्था समेत आश्रमले गर्दै आएको छ । अत्याधुनिक उपकरणबाट प्रशोधन गरिएको गौमुत्र पेट सम्बन्धी ग्याष्टिक, अल्सर, रुघाखोकी, बाथ लगायत रोगको उपचारका लागि उपयोगी रहने आश्रमका सहायक कोठारी बाबुराम न्यौपाने बताउँछन् । आश्रमका अनुसार अत्याधुनिक उपकरणमा आगोको तापबाट वाष्पीकरण गरी औषधिका लागि गौमूत्र तयार गरिन्छ । हर्रो, वर्रो, चिराइतो, अमला लगाएत जडीवुटीहरु गौमुत्रमा मिसावट गर्ने उपाध्यायले बताए । स्वर्गद्वारी आश्रमसँगै वेद विद्यालय गुरुकुलम पाठशाला संचालनमा छ । पाठशालामा अनिवार्य विषयसँगै संस्कृत व्याकरण, संस्कृत साहित्य, वेद, कर्मकाण्ड पढाउने गरिन्छ ।
आवासिय रुपमा पठनपाठन हुने हुँदा विद्यार्थीहरुलाई पढाइसँगै व्यवहारिक ज्ञान सिक्न समेत सहज रहेको शिक्षक पुरुषोत्तम घिमिरेले बताए । हवन गर्ने, पूजा आजा र कर्मकाण्डका सवै प्रक्रियामा पाठशालाका विद्यार्थी सहभागी हुन्छन् । विद्यालयमा कक्षा ४ देखि १० सम्म अध्ययन अध्यापन हुने गरेको छ । हाल पाठशालामा १०५ जना विद्यार्थी रहेका छन् । वि.सं. १९५२ सालदेखि सञ्चालन भएको पाठशालामा पछिल्लो समय देशका विभिन्न ठाउँबाट बालबालिका संस्कृत पढ्न आउने क्रम बढ्दै गएको छ । पाठशालामा १० कक्षासम्म पढेर विद्यार्थीहरु थप उच्च शिक्षा लिन दाङ र काठमाडांै जाने गर्दछन् । स्वर्गद्वारीमै कक्षा १२ सम्म अध्ययनको व्यवस्था गर्न आवश्यक रहेको विद्यालयले जनाएको छ । पूर्व पश्चिम राजमार्चको दाङ्ग भालुवाङ्ग हुँदै प्यूठान वड्डाडा, चकचके, भिगृ हुँदै स्वर्गद्वारी पुग्न सकिन्छ । प्राकृतिक सुन्दर बातावरणसँगै स्वर्गद्वारी पुग्ने पर्यटक तथा तिर्थयात्रीको मन जित्न स्वर्गद्वारी साँच्चीकै अव्वल क्षेत्र मानिन्छ । पर्यटकीय क्षेत्रको रुपमा यसको गरिमा जति छ, त्यत्तिकै धार्मिक आस्थाको हिसावमा पनि स्वर्गद्वारीमा धार्मिक पर्यटकको घुइँचो हुने गर्छ ।
स्वर्गद्वारीमा हिन्दूहरुका सम्पूर्ण पूजा अग्नीको हवन गर्ने विधिविधानवाट संचालित विश्वको एकमात्र हिन्दूहरुको संस्कार अनुसार चलेको स्वर्गद्वारी मात्र रहेको शंकराचार्य जयन्द्र सरस्वतीले स्वर्गद्वारीको भ्रमणको क्रममा व्यक्त गरेका आधारहरु छन् । साथै समतल टाकुरावाट हिमशिखरहरु र रमणीय दृष्यावलोकन गर्ने स्वर्गद्वारीमा पुग्दा साँचै स्वर्गको अनुभूति गर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!