प्यूठान, ३१ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।
राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौको प्रयोगशालामा गरिएको परिक्षण अनुुसार बुधवार बेलुकका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको हो ।
आज देखिएका संक्रमित २४ जना मध्ये १२ जना रुपन्देहिका, ८ जना कपिलवस्तुका, ३ जना पर्साका र १ जना नवलपरासीका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मिको सम्पर्कमा रहेका छन् ।
यसअघि आजै २ जना कोरोना संक्रमित भेटिएका थिए ।
