राष्ट्रियसमाज

प्यूठानका अनुसन्धान अधिकृतलाई झुटो शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप

प्युठान । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्यूठानमा कार्यरत अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध झुटा शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप लागेको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार क्षेत्रीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश इलाहावाद भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुटा प्रमाणपत्र पेश गरी विभागको सहायक निरीक्षक पदमा नियुक्ति भई कार्य गरेको आरोप लागेको छ ।

 

यसरी उनले वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदनमा बढुवा भई सरकारी लाभ तथा सुविधा लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिक निजलाई सजाय मागदाबी लिई बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Related Articles

Back to top button