प्यूठान । घटना भएको ३ दिन वितिसक्दा पनि दोषी पक्राउ नपरेको भन्दै अखिल नेपाल युवक संघले दोषीलाई पक्राउ गर्न दवाव दिएको छ ।
दोषीलाई पक्राउ गर्न प्रहरी प्रशासन उदासिन बनेको भन्दै संघले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । उसले दोषीलाई कारवाही नभए त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार प्रहरी प्रशासन हुने समेत बताएको छ ।
घटनामा संलग्न व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा फेसवुक लाईभ गर्ने, स्टाटस राख्ने कार्य गर्दै आएपनि प्रहरी प्रशासनले दोषी पक्राउ गर्नतर्फ अग्रसर नभएको भन्दै संघले दवाव र्याली समेत गरेको छ ।