लोकेन्द्र जि.सी.
गौमुखी मा बि ठूलाबेसी
प्युठान
नछोएरै बाँधिएका, हात खोइत प्रिया ?
जुन बिछ्याइ सुतेका ती, रात खोइत प्रिया ?
मुटुभरी प्याला प्याला, पिएको त्यो प्रेम,
किन छोड्छ यति छिटै, मात खोइत प्रिया ?
सुर्य बनी बल्दा मायाँ, तिमी थियौ छायाँ,
छायाँ पनि टाढिएछ, साथ खोइत प्रिया ?
अंगालोमा कसिएर, हृदय नै पखालेर,
साटिएका मिठा मिठा, बात खोइत प्रिया ?
मायाँ जलप लगाएर, तिम्रो नाममा पठाएका,
पृतका ती बहुमुल्य, सौगात खोइत प्रिया ?
मायाँको धुन भर्दै, आकासका तारा गन्दै
मुख जोडि बजाएका, पात खोइत प्रिया ?
