> विचार > कोरोना : विश्व अर्थंतन्त्र र नेपालमा प्रभाव


कोरोना : विश्व अर्थंतन्त्र र नेपालमा प्रभाव

शशिधर पन्थी
यो रोगबाट विश्वनै आक्रान्त भइरहेको छ । यो सरुवा रोग भएकाले यसले संसारमा एक माहामारीको रुप लिएको छ भने अझैसम्मपनि यो रोगको समाधानको निमित कुनै विशेष विश्व स्वास्थ्य सगठनबाट स्वीकृत औषधी पत्ता लागेको छैन । साथै विश्वमा करिव दश लाख तिस हजार भन्दा बढि सक्रमित र साठी हजार भन्दा बढि मानिसहरुको मृत्यु भएको छ । अमेरीका, इटाली, स्पेन, जर्मनी, फ्रान्स, चिन आदि देशहरु यो रोगको चपेटामा छन । यसका साथै सबै देशमा लकडाउनको व्यबस्था गरी यसको फैलावटमा तथा संक्रमणको जोखिम कम गर्ने प्रयास गरिएको छ । प्राय सबैराज्यहरु लकडाउनको अबस्थामा छन । यस अबस्थामा विश्व अर्थतन्त्रनै धरासायी बन्न पुगेको छ भने आर्थीक क्रियाकलापहरु ठप्प छन । विश्व अर्थतन्त्रमा प्रभावपार्ने पर्यटन होटल व्यवसाय तथा अन्य पर्यटनसँग सम्बन्धित सबै व्यवसाय धरासायी बन्न पुगेको अबस्था छ । यसले गर्दा सम्पुण रोजगारीमा कमिआइृ विश्व अर्थतन्त्रमा मन्दी आएको अवस्था छ । रोजगारदाता कम्पनीपनि आफ्ना कामदार तथा कर्मचारीहरुलाई बेतलवी विदामा राखेको छ ।

यसको प्रभाव सन २००८ को मन्दीभन्दा भयावह हुने देखिन्छ भनेर अन्तराष्ट्रिय मुद्राकोषले बताइसकेको छ । सन २००८ को मन्दीमा अमेरीकाको इन्भेष्टमेन्ट बैङकिङ कम्पनी लेहम्यान ब्रदर्स टाट पल्टेर उत्पन्न भएको थियो । यसले विश्व अर्थतन्त्रलाई नै प्रभावित पारेको थियो ।

विश्व माहामारीको रुपमा फैलिएको यस कोरोना कोभिड १९ र अर्थतन्त्रको बर्तमान स्थीतिको बारेमा । बर्तमान विश्व बजारमा आवश्यक पर्ने इन्धन अर्थात तेलको मुल्यमा भारी गिरावट आएको छ । यसो हुनुमा के देखिन्छ भने विश्व वजारको समग्र आर्थिक क्रियाकलापमा व्यापक कमि आउनुका साथै समग्र अर्थव्यवस्थानै ध्वस्त हुने विकराल समस्या उत्पन्न भएको देखिन्छ । यसले सम्पुर्ण अर्थतन्त्रका आयामहरुनै कमजोर वन्ने अबस्था रहेको छ । सरसर्ती हेर्दा यसले उत्पादन रोजगारी व्याजदर वचत तथा लगानी सबै प्रभाबित हुने देखिन्छ । उत्पादनमा कमिले रोजगारीमा र बिस्तारै आम्दानी र उपभोगमा समेत व्यापक कमि आएको छ । यसका अलावा सम्पुण उपभोग्य सामान समेतको व्यापारमा रोकावटको स्थिति उत्पन्न भएको छ केवल अति आवश्यक वस्तुहरुको मात्र ।यसका अतिरिक्त अन्य व्यापार जस्तै लत्ताकपडा निर्माण सामाग्रीहरुको व्यापारमा पनि शुन्यता छाएको छ । मानिसहरुको मनस्थितिनै विचलित हुन पुगेको देखिन्छ । प्राय सबै मानिसहरुमा समस्या झन बढ्छकि भन्ने डर देखिन्छ । साथै यसका बिभिन्न आयामहरुको कुरा गरौ । यसले प्रतक्ष प्रभाव रोजगारी उत्पादन तथा वित्तिय क्षेत्रमा समेत तत्कालै देखिन थालेको छ । अन्तराष्ट्रिय मुद्राकोषले विश्व अर्थतन्त्रमा मन्दीको अवस्था सुरु भएको बताइसकेको छ । यसको प्रभाव सन २००८ को मन्दीभन्दा भयावह हुने देखिन्छ भनेर अन्तराष्ट्रिय मुद्राकोषले बताइसकेको छ । सन २००८ को मन्दीमा अमेरीकाको इन्भेष्टमेन्ट बैङकिङ कम्पनी लेहम्यान ब्रदर्स टाट पल्टेर उत्पन्न भएको थियो । यसले विश्व अर्थतन्त्रलाई नै प्रभावित पारेको थियो । वर्तमान स्थिती त्यो भन्दा अझ गम्भिर देखिन्छ किनकी यो समयमा विश्व आर्थीक गतिविधि सबै ठप्पजस्तो देखिन्छन ।विश्वका सबै राष्टहरु एकैसाथ लकडाउनको अवस्था भोग्न बाध्य छन । यसबाट पक्कै नेपाल पनि अछुतो रहन सक्दैन ।हाम्रा पनि विकासका सम्पुर्ण काम ठप्प छन । व्यापार व्यवसायका साथसाथै सम्पुर्ण आर्थिक क्रियाकलापहरुमा शुन्यता आइसकेको छ ।

विकासका कार्यहरु सञ्चालन गर्न ठप्प कामहरुलाई पुनः सूचारु गर्न अवस्यनै केहि समय लाग्ने देखिन्छ । अझ भनौ हामीसग उपलव्ध बजेट तथा साधनहरुको अधिकांश भाग कोरोना उपचार र व्यवस्थापनमा खर्चहुने देखिन्छ । भन्सार महसुल कर आम्दानीमा व्यापक कमि आउने देखिन्छ । बैंक तथा वित्तिय सस्थाहरुपनि मुख्यरुपमा यसको असर पर्ने देखिन्छ । अब यस को समाधान के त भन्नेतर्फ एकपटक सोचाँै । यसमा दुइ उपायहरु सरकारले अवलम्बन गर्न सक्ने देखिन्छ ति हुन मौद्रिक निति तथा वित्तिय निति । मौद्रिक निति अन्र्तगत केन्द्रीय वैंकले मुद्राको माग र आपुर्तीको माध्यमबाट अर्थव्यवस्थामा मुद्राको तरलतामा बृद्धि गरि शिथिल अर्थव्यवस्थालाई गतिशिलता प्रदान गर्दछ । जस अन्र्तगत व्याजदर समायोजन पर्दछ । यदि व्याजदरमा कमि आएमा अर्थतन्त्रमा लगानीको मात्रामा बृद्धि हुन्छ । यस अन्र्तगत विदेसी सहायता ऋण आदी पनि हुन सक्दछन जसले आर्थीक क्रृयाकलापमा बृद्धि हुन्छ । यसका साथै मुद्राको छपाइ गरेर मुद्राको मात्रामा बृद्धि गर्दछ जसले पनि आर्थीक क्रृयाकलापमा बृद्धि हुन्छ ।

सरकारको वित्तिय निति अन्र्तगत सरकारले जनताहरुको आम्दानी उपभोग बढाउनतर्फ काम गर्दछ । यस अन्तर्गत करमा कटौती गर्नुका साथै पुर्वाधारहरुको विकासमा रकम खर्चगरी मानिसहरुको आम्दानीका साथसाथै उपभोेग बढाउनतर्फ लाग्दछ ।

सरकारको वित्तिय निति अन्र्तगत सरकारले जनताहरुको आम्दानी उपभोग बढाउनतर्फ काम गर्दछ । यस अन्तर्गत करमा कटौती गर्नुका साथै पुर्वाधारहरुको विकासमा रकम खर्चगरी मानिसहरुको आम्दानीका साथसाथै उपभोेग बढाउनतर्फ लाग्दछ । जसले गर्दा उपभोग तथा आर्थीक क्रियाकलापको बृद्धि भइ समग्र अर्थतन्त्रमा सुधार हुनथाल्दछ तर यसको नतिजा अलि लामो समयमा देखिने हुदा अलि समय लाग्दछ । यस संकटले अर्थतन्त्रमा तथा विशेषत वैंकिध्र क्षेत्रमा समस्या उत्पन्न गराउदछ । ति सबै बैंक तथा वित्तिय सस्थाहरुले केन्द्रीय बैंकको अधिनमा रही व्याजदरमा सहुलियत प्रदान गर्नुका साथै भुक्तानीको समय सिमा बढाइ लगानीलाइ प्रोत्साहन गर्दछन । साथै विश्व बैंक अन्तराष्टीय मुद्राकोष जस्ता निकायहरुले समेत यस्ता माहामारीबाट बच्न अतिकम वा शुन्य व्याजदरमा ऋण प्रदान गरेका हुन्छन भने विभिन्न सहयोग रकम समेत उपलव्ध गराएका हुन्छन ।

सरकारले यस्तो रकम विकासमा लगाउन सक्दछ । हाम्रो अर्थतन्त्र पुर्णतया विकसित अर्थतन्त्र होइन तर विकसित देशको तुलनामा यसको असर विकाससिल राष्ट्रलाई अलि कम पर्ला तर पनि अवस्य पर्छ । अब हाम्रो नेपालको अर्थतन्त्र विशेषत रेमिटान्स कृषि उत्पादन र सेवामुलक व्यवसायमा आधारित छ । केहि समयपछि रेमिटान्स अर्थात बैदेसिक मुद्राको मात्रामा पनि अबस्य कमि आउनेछ किनकि हाम्रा अधिकांश नेपालीहरु बेतलवी रुपमा समय विताउन थाल्नुभएको छ । सेवामुलक व्यवसायपनि यसबाट प्रतक्ष प्रभावित हुन पुगेका छन जस्तै व्यापार व्यवसाय इत्यादी । यसका अलावा कृषि उत्पादनमा भने यसको असर कम पर्ला किनकि यस पटक राम्रो मौषमका कारण कृषि उत्पादन बढ्ने देखिन्छ । अन्य क्षेत्र जस्तै शैक्षिक क्षेत्रमा पनि यसको असर देखिने अनुमान गर्न सकिन्छ । (लेखक प्यूठान नगरपालिका–८ निवासी हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *