> विचार > यसरी नै चल्दैछ जिन्दगी….


यसरी नै चल्दैछ जिन्दगी….

  • सन्तोष रोका

जिन्दगी कसरी जिउने र कसरी चलाउने भन्ने कुरा पक्कै फरक पाटो हो तर यो संसारमा जन्म लिइसके पछि आजसम्म आइपुग्दा आखिर जिन्दगी त चलेकै छ र भोली पनी पक्कै चल्ने नै छ । फरक यती हो की मैले चाहे अनुसार मैले सोचे अनुसार मेरो जिन्दगी चल्दै छ त ? हरेक दिन यहि एउटा प्रश्न मेरो मनमा खेलीरहेको हुन्छ । थाहा छैन आखिर कहिलेसम्म यसरी नै चल्ने हो मेरो जिन्दगी । अनि कहिलेसम्म खेल्ने हो तेहि एउटा प्रश्न मेरो मनमा ……

हरेक दिन विहानीको पहिलो किरणसंगै म उठ्दै गर्दा मेरो मनमा थुप्रै विचारहरुले मसंग अन्तर सम्वाद गर्ने गर्छन । तर्क विर्तक गर्ने गर्छन । जुनतर्क विर्तकहरु तिविचारहरु मेरो जिन्दगीसंग जोडिएर भएका हुन्छन । मेरो लक्ष्य मेरो सपनाहरु संग जोडिएका हुन्छन तर ति सवै पक्षको सहि निर्णय सहि ओकालत मैले अहिलेसम्म गर्न सकेको छैन । त्यसो त सधै म अरुसंग सधै भन्ने गरेकै छु राम्रो संग चल्दैछ मेरो जिन्दगी ……

मेरो जिन्दगीको यात्रामा मैले म जस्तै हजारौ जिन्दगीमा रहेका यात्रीहरु भेट्दै गर्दा उनीहरुको जिन्दगी पनी नचलेको हैन चलिरहेको छ तर मेरो जस्तै प्रश्नहरुको वीचबाट उनीहरुको पनी जिन्दगी चलेको हो की भन्ने आभाा गर्दछु । थुप्रै पिडा अनी थुप्रै गुनासोहरुको वीचवाट जिन्दगी चलिरहेको देख्दछु । क्षणीक खुशिहरुको माझमा चलेको जिन्दगीहरु मैले धेरै देखेको छु तर अह…. अहिलेसम्म दिर्घकालीन खुशि सहित मैले जिन्दगी चलेको सायदै देखेको छु ।

सन्तोष रोका

अरुलाई निचो देखाएर आफु उचो हुन पायो, क्षणिक खुसि तर क्षण भरमै पिडा अनि गुनासो अरुले कसैले आफुलाई निचो देखाउदा.. । माया गर्नेहरु आफुले चाहेको प्रेमि प्रेमिका पायो क्षणिक खुशि तर सानातिना शंका उपशंका वीच फेरी पिडा अनि गुनासो… । घर वनाउनु थियो घर वन्यो क्षणिक खुसि तर छिमेकीले आफनो भन्दा अलि राम्रो घर वनायो फेरी पिडा… । हिजो जस्तो जिवन शैली थियो आज पक्कै फरक भएको छ र पनी पिडा अनि गुनासो… । यहा हामी झुपडीमा वस्नेहरु मात्र जिन्दगी देखी वेखुसी देखिरहेको छौ तर महलमा वस्नेहरु पनी क्षणिक खुशिमा नै जिन्दगीलाई चलाई रहेका छन् र पनी आखिर जिन्दगी त चलेकै छ… ।

म जहिले पनी चाहन्छु मेरो जिन्दगी देखेर कसैले मलाई नगिज्जायोस् कसैले मेरो जिन्दगीलाई घृणा नगरोस त्यसैले त म मेरो जिन्दगी हरेक दिन देखावटी जिन्दगी विताईरहेको छु । देखावटी खुशि देखाई रहेको छु । आजभोली त यस्तो लाग्दैछ की म मेरो जिन्दगीलाई रहेको छु या अरुकै जिन्दगीमा रमाउने गरेको छु । जस्ले गर्दा हरेक दिन मेरो जिन्दगी रंगमञ्चमा नाटक मञ्चन गरे जस्तै दैनिकी मञ्चन गरिरहेको छु । एउटा फुल भन्ना साथ त्यसको परिभाषा सुन्दरताको प्रतिक हो सर्वमान्य परिभाषा हो तर पनी म फुलभित्र नै खोटहरु खोज्दैछु ।
जिन्दगी मेरो हो यसलाई मैले मेरो तरिकाबाट चलाउनु पर्दछ तर पनी म मेरो जिन्दगी अरुको जिन्दगी अनुसार चलाउदैछु । अरुको खुसिमा म रमाउने गरेको छु । अनि तिनै खुसिहरुवाट मेरो जिवनमा हरेक दिन पिडा अनि गुनासोको वाहुल्यता वढाउदै छु ।

मानिस जन्मिए पछि एक दिन पक्कै मर्नु पर्दछ । यहा त जन्मदेखि अन्तिम सास रहुन्जेल सम्म पनि पिडा र गुनासो मै चलेको छ जिन्दगी । अनि सोच्दैछु, परिकल्पना गर्दैछु त्यो दिन जुन दिन सवैको जिन्दगी साँच्चि कै भगवानले दिएको उपहारकै रुपमा लिई हरेकले आफुले सोचे अनुसारको जिन्दगी चलेको होस । हरेक जिन्दगी अर्को जिन्दगीको लागी हाँसोको पात्र नहोस । हरेक जिन्दगीमा कुनै पिडा अनि गुनासाहरु नरहुन । एउटा जिन्दगीले अर्को जिन्दगीलाई सम्मान गरेको होस् । हरेकको जिन्दगीमा खुसियाली मात्र रहोस । अनि अन्र्तमन देखि हरेक विहानीको पहिलो किरणसंगै भनुन् सवैले साच्चिकै वाह…. मेरो जिन्दगी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *