महेश थापा
प्यूठान । स्कुल सकेर घर फर्कदै गरेका एकै घरका दुई दाजुभाइ स्कुले बालकलाई भेलले भगाएको छ । एकको शव फेला परेको छ भने अर्का एकको खोजी कार्य जारी छ ।
नौबहिनी गाउँपालिका-५ काँटेमा रहेको जनता प्राथमिक विद्यालयमामा पढाई सकेर घर फर्कदै गरेका दाजुभाईलाई जोगिपँधेरामा बर्खे भेलले बगाएको हो । भेलमा परेका कक्षा १ मा अध्ययन गर्ने बिमल खत्रीको शव भेटिएको स्थानीयले बताएका छन ।
कक्षा ३ मा अध्ययनरत उनका दाई मिलन खत्रीको खोजी कार्य जारी रहेको छ ।
उपल्लो क्षेत्रमा धेरै वर्षातका कारण एक्कासी भेल आएको स्थानीयले जनाएका छ्न ।





