प्यूठान, १२ असार । सरुमारानी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न योजनाहरु अगाडी बढाउने भएको छ ।
१) गाउपालिकाको केन्द्र बड्डाडा बजारक्षेत्र र बड्डाडा ऐरावती मो बा कालोपत्रे सुरुवात हुने।
२) नर्सरी आटिटार हुँदै १ न वडा कार्यालय मोबा ,छहरेचौपारी डाडागाउ मोबा,पेट्रोलपम्प ददेरीखोला मोबा र दर्भानबजार बस्तिबिकास कार्यक्रमको बजेटबाट सो क्षेत्रका मोबा कालोपत्रे गरिने।
३) बडडाडा धनकोट तिराम सडकको ट्र्याक खोलिने।
४) सौराकोट सिद्दलेख पैदल सिढी निर्माण गरिने
५) किमिचौर दहको संरक्षण गरिने
६) कोटघर मन्दिर घेराबार,छहरे बराह मन्दिर निर्माण,पुठादरबार मन्दिर सिढी निर्माण,जामे मस्जिद बाङ्गेसाल तला थप,फैजुल मदरसा कम्पाउन्ड ढलान,ऐरावती मन्दिर अधुरो कार्य पुरा,रत्ने चर्च निर्माण सहयोग गरिने छ।
७) बड्डाडा जस्पुर पुठाखोला मोबा,गनाहा मोबा,थक्लेनी मुर्कुटी मोबा,जस्पुर राङ्भाङमोबा,बडाडा बेसिगाउमोबा,बडडाडा धन्कोट्मोबा, पालुथान नौघाट मोबा, ढाण रिङ्गरोड,सजेकोट बुढिदेबी मोबा,बड्डाडा पनाहा मोबा,बड्डाडा बैके मोबा,दह पाङ्बाङ मोबा,गोद्धारा दह मोबा,कुडुले सिरुबारीमोबा लगायत सडक निर्माण तथा स्तरोन्नती गरिने छ।
८) बाङ्गेसाल,कालिबन र ढाणमा खापा र सिन्चाइ इनार खनिने
९) सिन्चाइ कुला तथा सिन्चाइ पोखरी निर्माण गरिने
१०) सिन्चाइ प्रयोजनको लागी मोटर पाइप बितरण गरिने
११) दर्ता भएका कृषि तथा पशुपालन पकेटलाई उत्पादन बृद्दिमा प्रोत्साहन गरिने
१२) किसानसङ्ग गाउसरकार कार्यक्रममार्फत ब्याबसायिक कृषकहरुलाई अनुदान सहयोग प्रदान गरिने
१३) हेफर प्रोजेक्ट सङ्ग साझेदारीमा कृषि तथा पशुबस्तुहरुको उत्पादन वृद्धि,बजारीकरण र बैकसङ्ग सहुलियत कर्जामा किसानहरुको पहुच वृद्धि गर्ने गरि सम्झौता भैसकेको सन्दर्भमा प्रभावकारी ढङ्गले कार्यक्रम सन्चालन गरिने ।
१४) लिफ्ट सिन्चाइ,बाध निर्माण आद्दिमा जोड दिइने।
१५) जस्पुर बजारक्षेत्रमा एक घर एक धारा सन्चालन गरिने
१६) सबै वडा कार्यालयहरु निर्मान सम्पन्न गरिने।
१७) ददेरी स्वास्थ इकाइ भवन र तिरामकोस्वास्थय इकाइ भवन निर्मान सम्पन्न गरिने।
१८) बिपन्न घरधुरीमा खरको छानो बिस्थापन गरि जस्तापाता लगाइने।
१९) हन्सपुर बृहत् खापा मार्फत ३५२ घरमा खानेपानी बितरण गरिने।
२०) गनाहा बिरिङ्कोट राङ्भाङ लिफ्ट खापा सुरु गरिने
२१) सौराकोट गोल्धारा,प्यालिमाटी क्षेत्रका ११८ घरधुरीमा खापा सम्पन्न गरि बितरन गर्न प्रदेश सरकारसङ्ग सम्बन्य गरिने।
२२) बाङ्गेसाल ,दर्भान ,ददेरिलाई समेटी बृहत् खापा योजना गर्न केन्द्रबाट बजेट बिनियोजन भएकाले उक्त योजना कार्यान्व्यन गराउन सकृय पहल कदमी लिइने छ।
२३) पनाहा गुरुङ्ग्डाडा लिफ्ट खापाको अधिकान्श कार्य सम्पन्न भएकोमा आगामी बर्ष सम्पन्न गरि सन्चालन गर्न प्रदेश सरकारसङ्ग विशेष पहल गरिने छ (यसबाट २ सय भन्दा बढी घरमा पानी पुराइने छ)
२४) कालिबन खापामा जिआइ पाइप थप गरि हालको समस्या अन्त्य गरिने छ।
२५) रानीकुवा शान्तिपार्कमा प्रदेश सरकारबाट २० लाख बजेट बिनियोजन भएकाले घेराबारको ब्यब्स्था गरि संरक्षण गरिने छ।
२६) गापाले छोरीहरुको नाममासहकारीमा बचत गरिदिदै आएको रकममा मासिक रु १ सय थप गरिएको छ।
२७) टुहुरा बालबालिकालाई मासिक एक हजार भत्ता उपलब्ध गराइने छ।
२८) सुत्केरी आमालाई एक क्यारेट स्थानियरुपमा उत्पादित अन्डा र नगद ५ सय उपहार प्रदान गरिने छ।
२९) डिप्लोमा तह वा सो माथी अध्ययन गर्ने छात्रछात्रालाई प्रोत्साहनस्वरुप गाउपालिकाकोतर्फबाट छात्रबृति उपलब्ध गराइने छ।
३०) बालमैत्री कार्यक्रम सन्चालन तथा बालकोष स्थापना गरिने छ।
३१) युवा खेलकुद तालिम,प्रशिक्षण ,प्रतियोगिता सन्चालन गरिने छ
३२) दुर्ब्यशनको बिरुद्ध युवा अभियान,युवा परामर्श,युवा क्लब गठन तथा दर्ता युवायुवती शिपमुलक तालिम लगायत कार्यक्रमहरु सन्चालन गरिने छ।
३३) युवा प्रतिभा पहिचान तथा पुरुस्कार प्रदान गरिने।
३४) घुम्ती पशुशिबिर सन्चालन ,कृषि तथा पशुपालन समूह गठन र स्थल्गत तालिम सन्चालन गरिने छ।
